खुले सरकारी कार्यालय तथा अत्यावश्यकीय सेवा

  • वैशाख २६, २०७७ | ५३० पटक पढिएको |

देशभरका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आजदेखि खुलेका छन् । स्वास्थ्य उपचारका सेवा र कार्यालय, दमकल सेवा, दूरसञ्चार, बिजुली, पानी वितरण गर्ने, ढल तथा सरसफाइका सेवा कार्यालय खुलेका हुन् ।

दैनिक जीवन सहज बनाउन भन्दै सरकारले आजदेखि अत्यावश्यक सेवाका कार्यालय खोल्ने निर्णय गरेको हो । एक तिहाई कर्मचारीले काम गर्ने गरी सरकारी कार्यालय र संस्थानहरु खुलेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सकेसम्म अनलाइनबाट सेवा दिने गरी अत्यावश्यकीय सेवाका कार्यालय खुलेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो ।

लकडाउनको अवधिमा अनावश्यक भिडभाड नगरि सरकारको निर्देशन पालना गर्न उहाँको आग्रह छ । ‘अनलाइन सेवाको पहुँच नपुगेको ठाउँमा पाँच जनाभन्दा कम, स्वास्थ्य मापदण्ड र सामाजिक दुरीको पालना गरी सेवा लिन र दिन सकिनेछ, उहाँले भन्नुभयो, ‘अनलाइनबाट हुने काम अनलाइनबाट गर्न र लकडाउन खुलेपछि गर्दा हुने कामहरुमा यो बेला हतार गर्नुपर्दैन ।’

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले सरकारले निश्चित सेवामात्र प्रवाह गर्ने निर्णय गरेको भन्दै उहाँले हतार गरेर जोखिम नमोल्न सेवाग्राहीलाई आग्रह गर्नुभएको छ । ‘कानुनले अत्यावश्यकीय सेवा भनेर तोकेका निश्चित सेवा प्रवाह गर्ने कार्यालय मात्रै खुलेका हुन्', उहाँले भन्नुभयो, ‘धेरैजसो सेवा अनलाइनबाट नै प्राप्त हुनेछ ।’ कर्मचारीले आलोपालो गरी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।

‘कार्यालय जानुपर्ने, सेवा प्रवाह पनि गर्नुपर्ने तर भिडभाड कम गर्न एक तिहाइ कर्मचारी नै पुर्‍याउनुपर्ने बाध्यता छ', सचिव बिडारीले भन्नुभयो, ‘सेवा सञ्चालनमा खटिने कर्मचारी र कार्यक्षेत्रमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन निर्देशन छ ।’ धेरै सङ्ख्या र भिडभाडले सामाजिक दुरी कायम नहुने, यातायातका साधनको चाप र चहलपहलले निम्ताउन सक्ने जोखिमतर्फ पनि चनाखो हुन उहाँको आग्रह छ ।

त्यसका लागि कार्यालयमा स्प्रे छर्ने, प्रवेशद्वार र कार्यकक्षमा सरसफाइ गर्ने, बेलाबेला साबुन पानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने, दुरी कायम गर्ने, मास्क (मुखावरण) र कामको प्रकृति अनुसार पञ्जा लगाउने, ज्वरो मापन गर्ने र बिरामी भेटिए निगरानी गर्न उहाँको सुझाव छ । काममा खटिने कर्मचारीलाई आफै पनि सर्तकता अपनाउन बिडारीले भन्नुभयाे । 

नेपाल राजपत्रमा निम्न अनुसारका अत्यावश्यक सेवा उल्लेख छ–

– अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी 
– सेवा सञ्चार सेवा डाँक, तार वा टेलिफोन सेवा 
– जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा हवाई अड्डा वा त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा हवाई ग्राउण्ड 
– रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा 
– प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा 
  व्यवस्थाको कुनै सेवा आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा 
– खानेपानीको सञ्चालन तथा वितरण सेवा पर्यटन आवास, 
– होटल, रिसोर्टसम्बन्धी सेवा 
– पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा 
– फोहरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन एवं व्यवस्थापनसँग सम्बन्धित सेवा 
– बैंकिङ सेवा 
– बीमा सेवा 
– विद्युत् सेवा 
– दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउन गरेको छ । त्यस्तै सीमा नाका र अन्तर्राष्ट्रिय उडान तथा अवतरण पनि जेठ १८ गते मध्यरातिसम्म स्थगित गरिएको छ । 

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब