‘बाघी-३’लाई लकडाउन निकै महँगो पर्‍यो

  • वैशाख २८, २०७७ | २६१ पटक पढिएको |
alt

बलिउडमा लकडाउनका कारण धेरै चलचित्रले व्यापारिकरुपमा घाटा बेहेर्नु परेको छ । त्यसमा पनि चलचित्र ‘बाघी-३’लाई लकडाउन निकै महँगो पर्‍यो । चलचित्र रिलिज भएको केही दिनमा नै भारतमा लकडाउन सुरू भयो । जसका कारण चलचित्रले करिब ५० करोड घाटा व्यहोर्नु परेको छ ।

लकडाउन कारण निर्माता पीडामा त पुगे नै, त्योसँगै हलबाट पनि निर्माताले पैसा पाएका छैनन् । चलचित्रको कमाइबाट निर्माताले पाउनुपर्ने ४० करोड निर्माताको हातमा परेको छैन । लकडाउनका कारण व्यापार भएको रकम समेत निर्माताले पाएनन्।

मल्टिप्लेक्सबाट १५ करोड र सिंगल थिएटरबाट करिब २५ करोड लिन बाँकी रहेको बताइएको छ । भारतमा चलचित्र रिलिज भएको तीन साता भित्र निर्माताले पैसा पाइसक्छन् ।

तर, यत्तिका समय बित्दा पनि यस चलचित्रमा निर्माताले पैसा पाएनन् । चलचित्रका निर्माता सजिद नाडियाडवालाले हलबाट पैसा नआए पनि कुनै दबाब भने दिएका छैनन् ।

निकै आक्रमक ओपनिङ गरेको चलचित्र ‘बाघी-३’मा टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अम्हेद खानले निर्देशन गरेका हुन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब