'पीके' फिल्मको अभिनेता साईको ४२ वर्षको उमेरमा निधन

  • वैशाख ३१, २०७७ | ५१९ पटक पढिएको |
alt

'पीके' र 'रक अन' जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा निधन भएकाे छ ।

सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् । 

महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् । 

महाराष्ट्रकाे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ‌ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए । 

हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे । 

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब