लकडाउनमा ‘याैनकर्मीको पिडा, भन्छन्, ‘विवाहित पुरुष आउनै छोडे’

  • जेठ २, २०७७ | ६४१ पटक पढिएको |
alt

एजेन्सी- कोरोना महामा’रीका कारण विश्वभरका मानिसहरु आ-क्रान्त छन्। सानातिना व्यापारीदेखि ठूला उद्योगीहरु समेत यसको मारमा परेका छन। यसको मारमा यौ-न व्यावसायी समेत परेका छन्।

एक नाइजेरियाली से-क्स वर्कर भन्छिन्, ‘कोरोना भाइरसका कारण लागेको लकडाउन मेरो जीवनमा एउटा दुःख बनेर आएको छ ।’उनी उत्तरी नाइजेरियाको मुस्लिम बहुल राज्य कानोमा बस्छिन् । त्यहाँ १ महिनादेखि लकडाउन जारी छ । कसैलाई घरबाट निस्कन अनुमति छैन । सबैले सोमबार र बिहीबार १० देखि ४ बजेसम्म खानेकुरा किन्ने अनुमति दिइन्छ ।

मेरा धेरैजसो ग्राहक विवाहित पुरुष हुन् । यस कारण उनीहरू परिवार छाडेर यस्तो अवस्थामा आउन सक्दैनन् ।’

मुस्लिम समुदायलाई रमजानको समयमा नमाज पढ्न भेला हुनसमेत दिइएन । आयशा (परिवर्तित नाम) भन्छिन्, ‘लकडाउनका कारण मैले बाँच्नका लागि संघर्ष गर्नुपरेको छ । मैले काम गर्ने कोसिस गरे पनि लकडाउन र रमजानका कारण सम्भव भएन ।

उनी भन्छिन्, ‘यहाँ लगभग सबै मुसलमान छन् । यस कारण रमजानको महिनामा सम्भव भएन । दिउँसो सबै आफ्नो परिवारसँग बस्छन् र साँझ रोजा तोड्न र इफ्तार गर्न जान्छन् । मेरा धेरैजसो ग्राहक विवाहित पुरुष हुन् । यस कारण उनीहरू परिवार छाडेर यस्तो अवस्थामा आउन सक्दैनन् ।’

इस्लामिक कानुन शरिया सन् २००० देखि लागू छ । उत्तरी नाइजेरिया र अन्य केही इलाकामा लागू छ । त्यस समेदेखि नै यौ-न व्यवसाय, जु-वा र म-दिरा खान कानोमा प्र’तिबन्ध छ ।

आयशा भन्छिन्, ‘नाइजेरियामा प्रहरी धेरै सक्रिय छ । उत्तरी नाइजेरियामा यौ-न व्यवसायमा प्र’तिबन्ध छ । कोही यौ-न क्रि’याकलापमा संलग्न भएको अवस्थामा पक्रा’उ परेमा सिधै जे-ल पठाइन्छ । हामी शरिया कानुनमा छौँ ।

‘हामीले अर्को बाटो खोज्नुपरिरहेको छ । सरकार त से-क्स वर्कर्स के गरिरहेका छन् भनेर सुन्न पनि चाँहदैन ।’

उनले लकडाउनका समयमा आफूले सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको उनको गुनासो छ । उनी भन्छिन्, ‘नाइजेरियामा यौ-न व्यवसायीलाई कुनै प्रकारको सहयोग दिइँदैन । हामीलाई नाइजेरिया से-क्स वर्कर्स एसोसिएसनले सहयोग गर्छ । यसमा सं’कटका बेला एक अर्कालाई सहयोग गर्न सकियोस् भनेर हामीले कमाएको एक हिस्सा जम्मा गरिएको हुन्छ ।

तर, अब एसोसिएसनसँग पनि पैसा छैन । लकडाउनका क्रममा भएको सबै पैसा बाँडिसकेको छ । उनलाई सरकारले केही सहयोग गर्छ कि भन्ने आशा थियो, तर अहिलेसम्म केही पनि प्राप्त भएको छैन । उनी भन्छिन्, ‘हामीले अर्को बाटो खोज्नुपरिरहेको छ । सरकार त से-क्स वर्कर्स के गरिरहेका छन् भनेर सुन्न पनि चाँहदैन ।’

उनी भन्छिन्, ‘मसँग पैसा सकिँदै छ । मलाई सहयोग गर्ने केही ग्राहकले दिएको पैसाले काम चलाइरहेकी छु । खाना र केही पैसा उनीहरूले दिइरहेका छन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब