अफगानिस्तानमा सशस्त्र आक्रमणमा ९ तालिबानको मृत्यु

  • जेठ ३, २०७७ | २५२ पटक पढिएको |
alt

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा शनिबारमा सुरक्षा अधिकारीहरु र तालिबानी लडाकू समूहबीच भएको झडपमा कम्ती नौ तालिबान आतङ्ककारी मारिएका छन् । यस झडपको क्रममा २ सैनिक र पाँच आतङ्ककारी घाइते भएका सैनिक स्रोतले पुष्टि गरेको छ । पानीको बाँधको सुरक्षार्थ रहेका अफगान सुरक्षाकर्मीमाथि तालिबान सशस्त्र समूहका सदस्यले आक्रमण गरेका बताइएको छ ।  

पूर्वी पाक्टिया प्रान्तको सैयद करम जिल्लामा रहेको मचाल्घोमा खानेपानीको बाँधको सुरक्षामा रहेका चौकीमा सशस्त्र आतंककारीहरूले हमला गरेका थिए । त्यस क्रममा सुरक्षा बलले आक्रमणकारीको हमलाको जवाफी कारबाही गरेको र सोही कारबाहीमा नौ जना तालिबान आतङ्ककारी मारिएका अफगान सेनाको स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् ।

घाइते सुरक्षाबलका दुई सदस्यलाई सेनाको शिविरको अस्पतालमा लगिएको थियो । नजिकैको पहाडबाट आएर  तालिबान आतङ्कककारी समूहले सुरक्षाबलमाथि हमला गरेको बताइएको छ ।
गत बिहीबार पनि प्रान्तीय राजधानी गार्डेज सहरमा तालिबानीको आत्मघाती ट्रक बम बिष्फोटनमा  ५ जना नागरिक मारिएका र ४५ जना सर्वसाधारण घाइते भएका थिए । तालिबानी आतङ्कवादी समूहले हालसम्म उक्त प्रतिवेदनमा टिप्पणी गरेका छैनन् । तर पनि यहाँको सेनाले भने यो हमलामा तालिबानकै हात रहेको जनाएको छ ।

कतारको दोहामा संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि र संयुक्त राष्ट्रसंघले जारी गरेको संयुक्त घोषणापत्रपछि पनि अफगानिस्तानमा तालिबानीको नेतृत्वमा हिंसा जारी रहेको बताइएको छ । तीन दिनमात्र अघि पनि तालिबानहरुकै अगुवाईमा काबुलको एक प्रसुती अस्पतालमा हमला भएको थियो । त्यसमा परी बालबालिका र महिलासमेत गरी २४ जनाको ज्यान गएको थियो । –सिन्हवा

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब