इटालीमा सिनेमा घर र उद्योग पनि खुल्ने

  • जेठ ४, २०७७ | २५६ पटक पढिएको |
alt

 इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।

यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरू खोल्ने अनुमति दिइएको छ ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आकलन गरेरै यी निर्णयहरू लिइएको बताएका छन् । कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरू लिइएको उनले बताए ।

यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरूबाट इटाली आउने नागरिकहरूले अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताए।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार सात सय ६३ जनाको ज्यान गइसकेको छ । दुई लाख २४ हजार सात सय ६० जना संक्रमित छन् । इटाली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरूको सूचीमा पर्छ ।

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले फेब्रुअरी महिनामा लकडाउन घोषणा गरेको थियो । लकडाउन गर्ने इटाली युरोपको पहिलो देश हो ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब