विवाहअघि गर्भवती भएका थिए यी बलिउड अभिनेत्रीहरु

  • जेठ ४, २०७७ | ५९६ पटक पढिएको |
alt

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् ।

वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएका थिए ।

यसको सिलसिला श्रीदेवीबाट सुरु भएको हो । श्रीदेवीको केही बर्षअघि निधन भइसकेको छ । उनकी छोरी जान्ह्वीले भने बलिउडमा करियर सुरु गरेकी छिन् । श्रीदेवी यस्ती अभिनेत्री हुन् जसले अभिनेताहरुको भिडमा आफ्नो बेग्लै स्टारडम बनाइन् ।

थाहा भएकै कुरा हो, श्रीदेवीले निर्माता बोनी कपूरसँग विवाह गरेकी थिइन् । अनौठो कुरा त के भने, विवाहअघि नै उनी गर्भवती भएकी थिइन् ।

1 1

प्रसंग अमेरिकाबाट सुरु हुन्छ । श्रीदेवीकी माता अमेरिकामा उपचाररत थिइन् । त्यही बेला बोनीले श्रीदेवीको खुब सहयोग गरे । श्रीदेवी पग्लिइन् । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिइन् । किन उनले यति गुपचुप र हतारमा बिवाह गरिन् त ? कौतुहलता जाग्ने नै भयो । पछि थाहा भयो, उनी बिवाह अघि नै गर्भवती भएकी थिइन् । श्रीदेवी स्वंमले यो कुरालाई स्विकार गरेकी छिन् ।

महिमा चौधरी पनि अघिल्लो पुस्ताकी अभिनेत्री हुन् । दिल क्या करे, धड्कन, दिल है तुम्हारा लगायतमा अभिनय गरेकी महिमाले बलिउडमा परदेश फिल्मबाट करियर सुरु गरेकी थिइन् । महिमाको खास नाम ऋतु चौधरी हो । निर्देशक सुभाष घईले ऋतुको नाम महिमा बनाइदिएका हुन् । यसको पछाडि पनि रमाइलो प्रसंग छ । खासमा निर्देशक सुभाष घईलाई ‘म’ अक्षरबाट सुरु नामकी अभिनेत्री फलिफापयुक्त हुने विश्वास गर्थे । त्यही अनुसार उनले ऋतुलाई महिमा बनाइदिएको बताइन्छ ।

 

उनी महिमाले अचानक बबी मुखर्जीसँग विवाह गरिन् । विवाह गर्ने कुनै तारतम्य नै नभई उनले अचानक यस्तो निर्णय किन गरिन् ? चियोचर्चा हुने नै भयो । अन्नत के थाहा भयो भने महिमा विवाहअघि नै गर्भवती भइसकेकी थिइन् । विवह भएको केही महिनामै उनी आमा बनिन्, एक छोरीकी ।अमृता अरोरा बलिउड अभिनेत्री, मोडल तथा टेलिभिजन प्रस्तोता हुन् । अर्कोतर्फ उनी मलाइकाकी बहिनी हुन्, जसले केही बर्षअघि अरवाज खानसँग सम्बन्ध विच्छेद गरिन् । कुरा अमृताकै गरौं ।

भनिन्छ, अमृताले जतिबेला विवाह गर्दै थिइन् त्यसबेला उनी गर्भवती थिइन् । मलाइकाले व्यवसायी शकीलसँग विवाह गरेका हुन् । प्रेम सम्बन्ध रहेकै बेला उनी गर्भवती भएकी हुन् । विवाह भएपछि उनले खुलासा गरेकी थिइन्, ‘म आमा बन्नेवाला छु ।’

फिल्म राजतिलकको सुटिङका क्रममा कमल हासन र सारिकाबीच रोमान्स सुरु भएको थियो । अचानक दुबैले बिवाह गरे । भनिन्छ, त्यसबेला सारिका गर्भवती थिइन् ।

 

नीना गुप्ताले त सबैलाई आश्चर्यमा पार्दै खुलासा गरिन् कि, ‘म गर्भवती छु ।’ त्यसबेला उनको बिहे भएकै थिएन । नीनाले आफ्नो गर्भमा हुर्कदै गरेको बच्चाको पिताको नाम समेत खुलाइन् । बच्चा जन्मियो पनि । पछि थाहा भयो कि, क्रिकेटर विवियन रिचर्ड्स उनको पिता हुन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब