आज ४ बजे १८ खर्ब बजेट प्रस्तुत हुने

  • जेठ १५, २०७७ | ३९९ पटक पढिएको |
alt

सिरहा । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्नुहुने भएको छ । दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने सभामुख अग्निप्र्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

सभामुख सापकोटाले सांसदहरूलाई बिहीबार दिउँसो पौने ४ बजेभित्र बैठकस्थलमा प्रवेश गरिसक्न निर्देशन दिनुभएको छ । अर्थमन्त्री खतिवडाको यो लगातार तेस्रो बजेट हो । अघिल्ला दुई बजेटमा सत्ता पक्षबाट नै आलोचना खेप्दै आउनुभएका उहाँले दुई वर्ष गाली र तेस्रो वर्ष ताली पाउने बजेट आउने भन्दै आउनुभएको छ ।

मुलुक कोभिड–१९ बाट आक्रान्त भई देशको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झरेका बेला अर्थतन्त्रलाई पुनर्जीवन दिनुपर्ने र चुनावका बेला व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्ने दबाबका बीच आगामी आर्थिक वर्षको बजेट आउँदै छ ।

सरकारको नीति तथा कार्यक्रममा कोभिड–१९ ले क्षति पु¥याएका क्षेत्रलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नदेखिए पनि बजेटमा त्यससम्बन्धी राहतका प्याकेज कार्यक्रम आउने पक्कापक्की जस्तै भएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल दिँदै आएको सामाजिक सुरक्षा भत्ता नकाटिने बताउनुभएको छ ।

तर, सधैं विवादको घेरामा रहेको प्रत्यक्ष निर्वाचित सांसदहरूलाई दिँदै आएको निर्वाचन क्षेत्र विकास कोष खारेज गर्नुपर्ने दबाब यसपटक पनि रहेको छ । तर, सांसदहरूले भित्रभित्रै लबिङ गरिरहेका कारण अर्थमन्त्रीलाई खारेज गर्न चुनौतीपूर्ण नै छ ।

कोभिड–१९ का कारण जारी बन्दाबन्दीले रेमिट्यान्स आप्रवाह, पर्यटन र व्यापार क्षेत्रमा संकुचन आएको छ । राजस्व असुलीमा कमी आउँदै बजेटका स्रोत सुकेका बेला ठूलो आकारको बजेट नल्याएर यथार्थपरक बजेट ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ ।

यसपटक विगतमा जस्तो कनिका छर्ने किसिमका योजना तर्जुमा नगरी उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने भन्दै अन्तिम चरणमा पुगेका आयोजनालाई मात्रै थप बजेट विनियोजन गरिनुपर्ने विज्ञहरूको भनाइ छ ।

राजस्व असुलीको लक्ष्य बढ्न नसक्ने तथा सरकारी खर्च पनि सीमित हुन सक्ने स्थितिमा चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउनुपर्ने विज्ञहरूको जोड छ । सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँ बराबरको बजेट ल्याएको थियो ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७७/०७८ को मध्यकालीन खर्च संरचनाले तोकिएको हाराहारीमा बजेटको सिलिङ पठाइएको छ । मध्यकालीन संरचनाले आगामी आर्थिक वर्षको बजेटको आकार १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपियाँ हुने उल्लेख गरेको छ ।

जसअनुसार चालू खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपियाँ रहेको छ ।

अन्तिम अवस्थामा बजेटको सिलिङ संशोधन गर्ने विगतको परम्परा रहेको हुँदा बजेटको आकार यही नै हुन्छ भन्ने छैन । चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा पनि सिलिङ संशोधन भएको थियो ।

पहिला १४ खर्ब ९३ अर्ब रुपियाँको बजेटको सिलिङ पठाएको आयोगले अन्तिम अवस्थामा सिलिङ संशोधन गरी १५ खर्ब ७७ अर्ब रुपियाँ बजेट सिलिङ तय गरेको थियो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब