दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरेक हर्कत

  • जेठ १६, २०७७ | २६४ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी : रणवीर सिंह र दीपिका पादुकोणको जोडी बलिउडमा नै उदाहरणीय जोडीको रुपमा लिइन्छ । यो जोडीलाई निकै मन पराइन्छ । वास्तविक जीवनमा मात्र होइन फिल्मी दुनियाँमा पनि यो जोडीको केमिस्ट्री निकै रुचाइएको छ । 

सामाजिक सञ्जालमा सक्रिय दीपिका र रणवीर लकडाउनमा होम क्वारेन्टाइनका विभिन्न गतिविधिहरुको बारेमा सेयर गरिरहेका हुन्छन् । उनीहरुलाई सामाजिक सञ्जालमा निकै खोजी पनि गर्ने गरिन्छ ।

यसैबीच, रणवीरले चर्चित फुटबल खेलाडी सुनील छेत्रीको इन्स्टामा लाइभ गरेका छन् । उनले उक्त लाइभको क्रममा दीपिकासँगको प्रेमसम्बन्धको सुरुवाती दिनहरुको बारेमा केही खुलासा गरेका छन् । 

रणवीरले पुराना दिनहरुलाई सम्झँदै दीपिकाका लागि फूल किन्नमा धेरै खर्च गरेको बताए । सुरुवाती दिनहरुमा उनी दीपिकाका लागि निकै फूलहरु किन्ने गर्थे । रणवीरले दीपिकालाई लिली फूल निकै मन पर्ने भएकाले उनी जहिल्यै दीपिकालाई भेट्न जाँदा लिली फूल लिएर गएको समेत उल्लेख गरे ।

रणवीरले फूल किन्ने गरेको कुरा उनका पितालाई पनि थाहा थियो । उनले पिताले सोधेको प्रश्न याद गर्दै भने, ‘तिमीलाई थाहा छ ? तिमी कति धेरै पैसा फूलमा खर्च गरिरहेका छौँ ?’ पिताको यस्तो प्रश्नमा उनले दिएको जवाफ यस्तो थियो, ‘पापा, तपाईं चिन्ता नगर्नुस् । लक्ष्मीको अवतारमा अकुत सम्पत्ति आउँदैछ ।’ 

विवाहपछि रणवीर सिंहले थुप्रैपटक दीपिकासँगको अफेयरका बारेमा खुलासा गर्दै आएका छन् । यो जोडी एक अर्कामा निकै समर्पित भएको पनि देखाउँछन् । 

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब