डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

  • जेठ १७, २०७७ | २७० पटक पढिएको | सीमा संदेश
alt

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका अलग भएको घोषणा गर्नुभएको छ । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको र सुधार हुनेतर्फ कुनै चासो नदेखाएकाले यसबाट अमेरिका अलग हुने घोषणा गर्नुभएको हो । डब्ल्यूएचओलाई दिदै आएको आर्थिक सहयोग अब विश्वको जनस्वास्थ्यमा लगानी गर्ने उहाँको भनाई छ ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’, ‘चीनमाथि आरोप लगाउँदै ट्रम्पले भन्नुभयो–‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो । चार करोड डलर दिने चीनसँग मिलेर ४५ डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पको आरोप छ ।

चीनले सुरुमा कोराना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याउनुभयो । ‘हामीले भनेका थियौं की विश्व स्वास्थ्य संगठन सुध्रिन जरुरी छ, तर ऊ उध्रिन मानेन’ ट्रम्पले भन्नुभयो ।

शुक्रबारको पत्रकार सम्मेलनमा हङकङको सवाल समेत उठाएर चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको थियो ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकाल देखिकै सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो ।

२०१९ को डिसेम्बरको अन्त्यमा चीनको युहानबाट एक माछा एक बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउदै आएको छ । विश्व स्वास्थ्य संगठनले भाइरस मानव निर्मित नभई प्राकृतिक रहेको बताइसकेको छ ।

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन९डब्लूएचओ०बाट अमेरिका अलग भएको घोषणा गर्नुभएको छ । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको र सुधार हुनेतर्फ कुनै चासो नदेखाएकाले यसबाट अमेरिका अलग हुने घोषणा गर्नुभएको हो । डब्ल्यूएचओलाई दिदै आएको आर्थिक सहयोग अब विश्वको जनस्वास्थ्यमा लगानी गर्ने उहाँको भनाई छ ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’, ‘चीनमाथि आरोप लगाउँदै ट्रम्पले भन्नुभयो–‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो । चार करोड डलर दिने चीनसँग मिलेर ४५ डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पको आरोप छ ।

चीनले सुरुमा कोराना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याउनुभयो । ‘हामीले भनेका थियौं की विश्व स्वास्थ्य संगठन सुध्रिन जरुरी छ, तर ऊ उध्रिन मानेन’ ट्रम्पले भन्नुभयो ।

शुक्रबारको पत्रकार सम्मेलनमा हङकङको सवाल समेत उठाएर चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको थियो ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकाल देखिकै सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो ।

२०१९ को डिसेम्बरको अन्त्यमा चीनको युहानबाट एक माछा एक बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउदै आएको छ । विश्व स्वास्थ्य संगठनले भाइरस मानव निर्मित नभई प्राकृतिक रहेको बताइसकेको छ ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब