बलिउडका चर्चित संगीतकर्मी वाजिदको ४२ वर्षमा निधन, कोरोनाको आशंका

  • जेठ १९, २०७७ | ३४६ पटक पढिएको | सीमा संदेश
alt

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।

संगीतकर्मी सलिम मर्चेन्टले भारतीय सञ्चारमाध्यम पीटिआईलाई भने, ‘उनलाई थुप्रै समस्या थियो । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’

यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’

यस्तै वाजिदका नजिकका साथी गायक सलिम मर्चेन्टले उनलाई याद गर्दै श्रद्धाञ्जली दिएका छन् । उनले ट्वीटरमा लेखे, ‘साजिद वाजिदमार्फत् चर्चित वाजिद खानको निधनको खबर सुनेर म उजाडिएको महसुस गरिरहेको छु । अल्लाहले उनको परिवारलाई शक्ति दिउन् । सेफ ट्राभल वाजिद खान । तिमी निकै छिट्टै गयौ । म शोकमा छु र टुटेको छु । ’

यस्तै, प्रियंका चोपडाले पनि उनको मृत्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’

भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।

उनको परिवारले बीबीसीलाईभने, ‘वाजिद खान मृगौला रोगबाट पीडित थिए, उनको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।’

‘उनको घाँटीमा पनि संक्रमण थियो । उनी चेम्बुरको सुराना अस्पतालमा भर्ना भएका थिए । अहिले उनको कोभिड–१९ को परीक्षणको नतिजा आइपुगेको छैन ।’

वाजिद खानका सबैभन्दा ताजा गीत भाइ–भाइ एक हप्ता अघि रिलिज भएको थियो । यो सलमान खानले गाएका थिए ।

वाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत बनाउँथे र सबैभन्दा पहिले सन् १९९८ मा सलमान खानद्वारा अभिनित फिल्म ‘मेने प्यार किया’ बाट चर्चामा आएका थिए ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब