बलिउड फिल्म निर्माता अनिलको कोरोनाका कारण निधन

  • जेठ २४, २०७७ | ३२१ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी । बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी दिए । अनिलको बिहिबार राती ७ बजे निधन भएको हो ।

अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।

भाइले भने, ‘बुधबारदेखि बिग्रियो स्वास्थ्य स्थिती’

राजिवले भने, ‘जून ३ मा अनिल सास फेर्न सकिरहेका थिएनन् । हामीले उनलाई अस्पताल दौडायौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राख्यो ।

अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए ।

संयोग नै मान्नुपर्छ बिहिबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको मृत्यु भएको थियो र त्यसैदिन बेलुका राजिवका भाइ अनिलको पनि मृत्यु भयो ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब