सिरहा । बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् ।
उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।
सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved