सुशान्तलाई बलिउडमा व्याप्त दुश्मनीका कारण भएको थियो डिप्रेशन ? प्रहरीले गर्नेछ अनुसन्धान

  • असार २, २०७७ | २४१ पटक पढिएको | सीमा संदेश
alt

‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्टले उनले पासो लगाएर आत्महत्या गरेको बताउँछ । यस्तै केही मिडियाका अनुसार उनी व्यावसायिक दुश्मनीका कारण क्लिनिकल डिप्रेशनको शिकार भएका थिए । मुम्बई प्रहरीले उनको मृत्युको यो पाटोको पनि अनुसन्धान गर्नेछ ।’

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सोमबार राती एक भिडियो ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनले भिडियोमा भने, ‘सुशान्तले फिल्मी क्षेत्रमा बिजनेस राइभलरीका कारण आत्महत्या गरेको केही मिडिया रिपोर्टले बताएको छ । प्रहरीले यो पाटोबाट पनि अनुसन्धान गर्नेछ ।’

कंगना रनौतसमेत बलिउडका केही कलाकारले सुशान्त बलिउडमा व्याप्त घरानियाँ गुट र सिन्डिकेटको शिकार भएको र त्यतिबेला कसैले पनि उनलाई वास्ता नगरेको आरोप लगाएका छन् ।

हेयरस्टाइलिस्ट सपना भवनानीले पनि सुशान्त केही समस्यासँग जुधिरहेको बताएका थिए ।

सपनाले लेखेकी छिन्, ‘सुशान्त केही वर्षदेखि समस्याबाट गुज्रिरहेको कुरा कसैबाट पनि लुक्न सकेको छैन । कसैले पनि सुशान्तलाई साथ दिएनन् । कोही पनि मद्दतका लागि अग्रसर भएनन् । आज सबैजनाले दुःख जताइरहेका छन्, यसमार्फत् थाहा हुन्छ कि यो क्षेत्र कति ढोंगी छ । यहाँ कोही पनि तपाईंका साथी होइनन् ।’

‘काइ पो चे’, ‘धोनीः द अनटोल्ड स्टोरी’, ‘पीके’, ‘ब्योमकेश बख्शी’ र ‘छिछोरे’ जस्ता लोकप्रिय फिल्ममा काम गर्ने सुशान्त सिंह राजपूत आफ्नो बान्द्रास्थित आवासमा मृत पाइएका थिए । मुम्बई प्रहरीले ३४ वर्षीय अभिनेताले घरमा पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेका थिए ।

प्रहरीका अनुसार सुशान्त क्लिनिकल डिप्रेशनसँग जुधिरहेका थिए र यसबाट बाहिर निस्कनका लागि उनी डाक्टरको पनि मद्दत लिइरहेका थिए ।

बिहारको पटनासँग सम्बन्ध राख्ने सुशान्त टिभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चित भएका थिए र उनले बलिउडमा पनि आफ्नो भिन्न पहिचान बनाएका थिए । सुशान्तको आत्महत्यापछि भारतलगायत नेपालमा पनि मानसिक स्वास्थ्यको समस्यासँग जोडिएको बहस तीब्र भएको छ ।

(आत्महत्या एक गम्भीर सामाजिक–मनोवैज्ञानिक समस्या हो जसलाई रोक्न सकिन्छ । यसका लागि मनोचिकित्सकको मद्दत लिनुपर्छ ।)

स्रोतः बीबीसी

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब