कक्षा ११ को परीक्षा पनि नहुने, आन्तरिक मूल्याङकनलाई आधार मानिने

  • असार ३, २०७७ | ३७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अब कक्षा ११ को परीक्षा पनि नहुने भएको छ । परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्याङकनलाई आधार मानिने भएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले कक्षा ११ को पनि आन्तरिक मूल्याङ्कनलाई आधार मान्ने गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।  यो वर्ष कक्षा ११ मा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी छन् । 

कक्षा १२ को भने परीक्षा हुने भएको छ । ‘वातावरण अनुकूल भएपछि १२ को परीक्षा हुन्छ,’ मन्त्री पोखरेलले भने ।

कक्षा १२ मा ४ लाख ३१ हजार ३ सय ३  विद्यार्थी रहेका छन् । कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो । कोभिड-१९ का कारण परीक्षा स्थगित गरियो थियो ।

यसअघि एसईई यो वर्ष नगरि विद्यालयको मूल्याङ्कनलाई आधार मान्ने सरकारले निर्णय गरिसकेको छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब