तीन महिनापछि खुल्यो जानकी मन्दिर

  • असार ४, २०७७ | १,३६६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागु गरेको बन्दाबन्दीका कारण गत चैत १५ देखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि खुलेको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडलाई लिएर बन्द भएको जानकी मन्दिरको पट आंशिक रुपमा लकडाउन खुल्ला गर्ने सरकारको निर्णयपछि खुलेको हो ।

जानकी मन्दिरको मुलढोका खुलेपछि जानकीको दर्शनका लागि श्रद्धालु भक्तजनहरुको भीड देखिएको छ । लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवम् आरती जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द थियो ।

श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको जानकी माताको दर्शनको लागि लामो समयसम्म रोकटोक गर्न नमिल्ने हुनाले व्यवस्थित रुपमा भीडभाड नहुने गरी दर्शनका लागि मन्दिरको पट खोलिएको महन्त रामरोशन दासले जानकारी दिए ।

उनले सामाजिक दूरीको पालना गराउनेतर्फ पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाइदिन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब