काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको '(दोस्रो संशोधन) विधेयक २०७७' लाई प्रमाणीकरण गरेकी छन् । विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा( १०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।
योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा जानकारी गराएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved