‘सुशान्तको मृत्युमा पत्रकार समेत संलग्न’

  • असार ७, २०७७ | ३१४ पटक पढिएको | सीमा संदेश
alt

नयाँदिल्ली, (एजेन्सी) । भारतको वलिवुडका चर्चित अभिनेत्री कँगना रणावतले हालै आत्महत्या गरेका सुशान्त सिंह राजपुतकाबारे ट्विटर मार्फत सिंहको घटनालाई पत्रकारहरुको कुकृत्यसंग जोडेर अभिव्यक्ति दिएकी छिन् ।

ट्विटरमा भिडिये क्लिप मार्फत उनले भनेकी छन् , ‘ सुशान्तका पिता , उनकी लामो समयदेखि पार्टनर रहेकी अँकिता र सुशान्तलाई लन्च गरेका तथा हालै ‘ केदारनाथ ’ चलचित्रमा काम गरेका अभिषेक कपुरले उनी चलचित्र उद्योग पत्रकारहरुले चलाउने अनावश्यक र निराधार हल्लाको कारण मानसिक रपमा निकै विचलित रहेको बताएका छन् । मुभि माफियाले पालेका करिव ३ हजार भरौटे पत्रकाहरुले नियतवश कलाकारहरुले लखेट्ने गरेका छन् । ’

यस टिव्टरमा कंगनाले संचार संस्था र तिथीसमेत उल्लेख गर्दै ‘ सुशान्तले सँधै सेक्स गर्दा आफ्नै गीत सुन्ने गरेको , ‘सुशान्त ट्रक ड्राइभर जस्तो देखिने , ‘ उनले एउटा पार्टीमा एकजना निर्देशकको टाउकोमा काँचको बोटल प्रहार गरकोे तथा ‘ उनले आफ्नै सह कलाकारलाई बलात्कार गरेकाले उनी जेल पुग्ने ’ जस्ता कुरा लेखेको रहस्योद्घाटन गरेकी छन् ।

रणावतले त्यस्ता पैसामा बिक्ने पत्रकारहरुले कानुनी कारवाहीबाट बच्न नाम उल्लेख नगरी आफ्नो शिकारको हुलिया वर्णन गर्दै हल्ला फैलाउने गरेको बताएकी छन् । साथै कंगनाले आफुलाई पनि एक पटक एकजना स्वतन्त्रता सेनानीको पक्षलिँदा चारजना वरिष्ठ पत्रकारले खेदेको अनुभव सुुनाएकी छन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब