विदेशी बुहारीलाई सात वर्षसम्म राजनीतिक अधिकार मात्र नहुने

  • असार ८, २०७७ | ४३४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं (नेस) । नेपालीसँग विवाह गरेर आएकी विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने शनिबारको नेकपाको निर्णयबाट असन्तुष्ट समुदाय संसदीय समितिको आइतबारको निर्णयबाट केही साम्य भएको छ ।

यस्ता बुहारीले राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक सबै प्रकारका अधिकार पाउने गरी संसदीय समितिले विधेयक परिमार्जन गर्ने भएपछि असन्तुष्टि केही हदसम्म साम्य भएको हो ।

नागरिकताका सम्बन्धमा विवादरहित कानुन बन्ने कुनै सम्भावना बाँकी थियो ? जोसुकैले सहजै दिने जवाफ हो– थिएन । सत्ताधारी दल नेकपाले शनिबार यस सम्बन्धमा गरेको निर्णयमाथि पनि विवाद भइरहेको छ, यसलाई अन्यथा मान्नु आवश्यक छैन ।

विगत दुई वर्षदेखि संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा अड्केर बसेको नागरिकतासम्बन्धी विधेयकको अन्तिम अड्को अंगीकृत नागरिकतासम्बन्धी प्रावधान नै थियो । नेपालमा बुहारी हुन आएकी विदेशी चेली र ज्वाइँ हुन आएको विदेशी पुरुषका विषयमा लामो छलफलपछि पनि कसरी नागरिकता दिने भन्ने विषयको टुंगो नलागेको अवस्थामा नेकपाले यस प्रकारको निकास दिएको हो ।

‘निकास दिएको’ भन्ने वाक्यांशसँग सबैको सहमत हुने अवस्था भने छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल नागरिकता ऐन, २०६३ लाई नै निरन्तरता दिनुपर्छ भनेको छ भने जनता समाजवादी पार्टीले खासै ठूलो विरोध जनाएको छैन । उसले बुहारी र ज्याइँमा विभेद भयो भन्ने लैंगिक समानताको सवाल मात्र उठाएको छ ।

तराईबासी नेपालीको बढी प्रतिनिधित्व रहेको जसपाले यस प्रकारको टिप्पणी गर्नु नेकपाका लागि सफलता हो । किनभने, अंगीकृत नागरिकताको सवालमा सबैभन्दा बढी चासो व्यक्त हुने गरेको तराई–मधेसबाट नै हो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षसम्म ‘ग्रिन कार्ड’ (स्थायी आवासीय अनुमतिपत्र) पाउने, त्यसपछि भने प्रक्रिया पु¥याएर नागरिकता लिन सक्ने नेकपाको प्रस्ताव संसद्बाट पारित भएर कानुन बन्ने अवस्था सिर्जना भएको छ ।

नागरिकतासम्बन्धी विधेयकलाई लिएर तत्कालै विरोधमा उठ्न सक्ने स्वर घनीभूत भएमा विधेयक पारित नहुने अवस्था अझै पनि बाँकी छ । नेपाल–भारतबीच रोटी र बेटीको सम्बन्धमा आघात पर्ने भयो भन्दै एक थरीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । यस प्रकारको अवधारणाले संगठित स्वरुप ग्रहण गर्नुअघि नै संसदबाट नागरिकता विधेयक पारित गर्नु नेकपाको सफलता हुनेछ भने तत्काल आन्दोलन उठाउनु विरोधीहरुको सफलता ।

अब नागरिकतासम्बन्धी विधेयकको विरोधमा हुने आन्दोलनको अगुवाइ नेपाली कांग्रेसको हातमा जानेछ । तर, यस विरोधले व्यापक स्वरुप नलिने अवस्था पनि उत्तिकै छ । सामाजिक सञ्जाललाई नै आधार मान्ने हो भने तराई मूलका राजनीतिक व्यक्ति र विचारकहरु ‘राजनीतिक अधिकारविनाको नागरिकता विवाह गर्नासाथ बुहारीको हातमा हालिदिए हुन्छ’ भनिरहेका छन् ।

प्रस्ट छ, नेकपाले परामर्श बढायो भने विरोधका स्वरुहरु त्यति व्यापक हुनेछैनन् । जीरबहादुर बुढा नामका व्यक्तिले सामाजिक सञ्जालमा लेखेजस्तै एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिन नेपालले रोक्नैपर्छ भन्ने भनाइसँग तराईको अत्यधिक ठूलो जनसमुदाय जोसँग वंशजको नागरिकता छ, पनि सहमत देखिएको छ ।

‘विदेशी महिला वा पुरुषलाई जो भए पनि विवाह गरेर नेपाल भित्रनासाथ उसलाई यस मुलुकको माया हुन सक्तैन, यसका लागि केही वर्ष नेपाली माटोमा खनीखोस्री गरेकै हुनुपर्छ, त्यसैले नागरिकताका लागि केही अवधिको सीमा अस्वाभाविक होइन’, तराईबासी एक राजनीतिक विश्लेषकले नेपाल समाचारपत्रलाई भने– ‘संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकलाई जस्तो अधिकार दिएको छ, दुलहीहरुलाई त्यस्तै अधिकार दिने गरी नागरिकता नै दिए फरक पर्दैन ।’

जसपाका नेता डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले लैंगिक असमानतामा मात्र केन्द्रित भएर विरोध गरे पनि राजपा नेता महन्थ ठाकुरका नामबाट आइतबार प्रकाशित विज्ञप्ति भने अलि कडा देखिन्छ ।

विज्ञप्तिमा नेकपा सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो कानुन बनेमा सात वर्षसम्म महिलाको आर्थिक, सामाजिक र वैयक्तिक उन्नति रोकिने, नेपाल र भारतबीच कायम रहेको वर्षौं पुरानो सम्बन्धमा आघात पर्ने जनाइएको छ ।

‘यसबाट करोडौं नागरिक प्रभावित हुने र सद्भाव खलबलिने भएकाले हामीलाई यो निर्णय कदापि स्वीकार्य छैन, निर्णयप्रति हामी दुःखी छौं, पुनर्विचार गर्न माग गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ ।

अंगीकृत नागरिकता पाएका वा पाउने कति नेपाली छन् भन्ने कुराले नेकपाको निर्णयको विरोधमा हुन सक्ने आन्दोलनको घनत्व अनुमान गर्न सकिन्छ । २०६३ सालमा सरकारले ३ लाख ९५ हजार अंगीकृत नागरिकता बाँडेको थियो ।

एक अनुमानअनुसार आज त्यति नै संख्यामा नागरिकता पाउने इच्छा राख्ने व्यक्तिहरु बाँकी छन् । तर खास गरी उत्तरको तिब्बततिर र दक्षिणको विहार र उत्तर प्रदेशतिर पुस्तौंदेखि विवाह–बन्धनमा बाँधिदै आएका व्यक्तिहरु यस निर्णयबाट प्रभावित हुनेछन्, तराई क्षेत्रबाट विरोधको आवाज बढी सुनिने संकेत देखिएको छ । यसलाई बेवास्ता होइन, समयमै व्यवस्थापन गर्न सरकारले तत्परता देखाउनु आवश्यक छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब