नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको हत्या गरेको आरोप

  • असार २१, २०७७ | ७०१ पटक पढिएको | एजेन्सी
alt

सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भाइरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको हत्याको आरोप लगाइँदैछ । यतिमात्रै होइन, उनलाई सुशान्तकी पूर्व म्यानेजर दिशा सालियिनको हत्याको दोषी बताइँदैछ । यद्यपि, पूरा मामिलामा आदित्यले आफ्नो कुरा राखेका छन् र छोरामाथि लागेको आरोपलाई निराधार बताएका छन् ।

दिशा र सुरज सम्बन्धमा रहेको बताइन्छ । आरोपका अनुसार दिशा गर्भवती भएकी थिइन् र सुरज उनीसँग विवाह गर्न चाहँदैनथे । यो कुरा सुशान्तलाई थाहा भएपछि उनले समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि भयो ।

पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको हत्या गरिदिए र अब शक्तिको प्रयोग गरेर यसलाई आत्महत्या बताएका छन् । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्महत्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् वा कसैले उनलाई धक्का दिएको थियो भनेर प्रश्न सोधिँदै छ ।

त्यो स्पष्टिकरण जुन आदित्यले दिएः

आदित्य पंचोलीले यसबारे स्पष्टिकरण दिँदै भने, ‘म हिजोदेखि यसबारे पढिरहेकी छु । यो केटाबारे । केही समय अघि उनले थोरै अभिनय पनि गरेका छन् । उनको नाम पुनित वशिष्ठ हुन् । उनले आफ्नो फेसबुक पेजमा केही पागलपन लेखे ।’

‘उनले लेखेका छन्, ‘यो सबै यसकारण भएको छ किनभने सुशान्तकी म्यानेजर दिशा सालियान सुरज पंचोलीको बच्चाकी आमा बन्दै थिइन् । उनले सुरजका कारण आत्महत्या गरिन् । सुशान्त यसबारे केही गर्न चाहन्थे तसर्थ उनले सुशान्तको हत्या गरिदिए ।’ यो के पागलपन हो ?’

‘सुरजले आफ्नो जीवनमा पहिले नै धेरैकुरा सहिसकेका छन् । उनलाई बिना कारण नै जिया खानको आत्महत्या मामिलामा तानियो र अब उनलाई यसमा पनि मुछिदैँछ । त्यसपछि मानिसहरुले सोध्छन् कि आखिर कोही किन डिप्रेशनमा जान्छन् र आत्महत्या गर्छन् ?,’ उनले लेखे ।

‘यदि यसरी हरेक कुरामा लामो समयमा अनावश्यक रुपमा मुछिन्छ भने कोही पनि बलियो व्यक्ति पनि टुट्ने गर्छन् । सुरजको धेरैजसो समय र करियर बर्बाद भइसकेको छ । उनी एक होनहार, सरल र सभ्य पुरुष हुन् ।’

पंचोलीको नजरले सन् २०१७ मा भएको सुशान्त–सुरजको झगडाको वास्तविकताः

सन् २०१७ मा एक पार्टीको क्रममा सुशान्त र सुरजको झगडा भएको दाबी गरिँदै छ । त्यसपछि सलमान खानले सुशान्तलाई फोन गरेर तथानाम भनेका थिए । यो घटनाबारे कुरा गर्दै पंचोलीले भने, ‘रिपोर्टमा लेखिएको छ कि सन् २०१७ मा सुशान्त र सुरजको झगडा भएको थियो र सलमान सुरजको बचाउमा आएका थिए र सुशान्तमाथि चिच्याइरहेका थिए । जबकी यस्तो कुनै पनि घटना भएको नै थिएन । ’ सुरज आफैंले पनि यसमाथि स्पष्टिकरण दिइसकेका छन् ।

‘भोलि यदि सुरज डिप्रेशनमा पुगे भने, भगवानको कानमा नपरोस् तर उनले यदि कुनै घातक कदम उठाए, के होला ? यसका लागि को जिम्मेवार होला ? यो निकै चकित पारिदिने र दुःखद छ ।’

यदि कुनै पनि घटनामा उनको गल्ती छ भने उनी जेलभित्र हुनुपर्छ । कुनै प्रमाण छैन । केही प्रमाणित भएको छैन तरपनि उसलाई किन यसमा संलग्न गराइएको छ ? जो गए, उनीहरुका लागि मानिसहरुले प्रार्थना गरिरहेका छन् । तर जो जीवित छन्, कम्तीमा उनीहरुलाई त शान्तिले बस्न दिनुहोस् ।’

सुरज पंचोलीको स्पष्टिकरणः

सुरजले आफ्नो स्पष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हातपातको कुरा भइरहेको छ ? उनीसँग मेरो कुनै पनि विवाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन समावेश हुनुहुन्छ ? के उनीसँग दोस्रो काम छैन ? ’

‘मलाई थाहा छैन कि दिशा को हुन् ? मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृत्युपछि मलाई उनीबारे थाहा भयो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो बकवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भाइरल गर्न सुरु गरियो ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब