फिल्म निर्माता करन जोहर पूर्ण विक्षिप्त अवस्थामा

  • असार २४, २०७७ | ३६९ पटक पढिएको | एजेन्सी
alt

जबजब बलिउडमा नेपोटिजमको विषय उठान हुन्छ, तब करन जोहरको नाम सबैभन्दा माथि आउँछ । सुशान्त सिंहको मृत्युपछि मात्रै होइन, त्यसअघि पनि उनलाई धेरैले यसमा मुछ्ने गर्दथे । तर यसपटक भने उनीविरुद्ध सोसल मिडियामा जुन रोष देखिएको छ, त्यसले करनलाई भित्रैदेखि हल्लाएको छ । यो कुरा करनका नजिकका साथीले बताएका हुन् । उनले करन जोहर पूर्ण रुपमा विक्षिप्त भएको र उनी अहिले केही पनि बोल्न नसक्ने अवस्थामा भएको पनि बताए ।

भारतीय सञ्चार माध्यम बलिउड हंगामासँगको कुराकानीमा करन जोहरका एक निकै मिल्ने साथीले उनको स्थितीबारे जानकारी दिएका छन् । उनले भने, ‘उनी यत्तिका वर्षसम्म सोसल मिडियामा ट्रोल भइरहेका छन् र करनलाई लागेको थियो कि यी सबका लागि उनको छाला मोटो भइसकेको छ । तर सुशान्तको मृत्युपछि मानिसहरुले उनीविरुद्ध जसरी आफ्नो रिस पोखेका छन्, त्यो देखेर उनी भित्रैदेखि टुटेका छन् ।’

उनले थपे, ‘करनसँग नजिक भएका सबैजना यतिबेला जनताको निशानामा छन् र यसका लागि उनी आफू जिम्मेवार भएको ठानिरहेका छन् । उनका तीन वर्षका सन्तानलाई मारिदिने धम्की आइरहेको छ ।’

उनका साथीका अनुसार जब उनलाई कसैको फोन आउँछ जब उनी बेस्सरी रुन थाल्छन् । ‘उनले रुँदै प्रश्न सोध्छन्, ‘आखिर यस्तो सजाय पाउन, मैले के गल्ती गरेको छु र?’,’ उनले भने ।

उनका अनुसार उनी करनको विषयमा अत्यधिक डराएका छन् र करन यतिबेला केही पनि बोल्ने स्थितीमा छैनन् ।

स्मरण रहोस्, सुशान्त सिंह राजपूतले जून १४ मा मुम्बईको आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए ।   

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब