क्वारेन्टिनमा ६२४ यौन दुव्यवहारका घटना

  • असार २५, २०७७ | १,१५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं – नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौन दुव्र्यव्यवहार भएको घटनाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब