वैशाखदेखि अहिलेसम्म विपद् घटनाका कारण १ सय ४ जनाको ज्यान गयो ।

  • असार २५, २०७७ | १,०९१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । वैशाखदेखि अहिलेसम्म ८ सय भन्दा धेरै विपद्का घटना भएका छन् । वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटनामा १ सय ४ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

त्यस्तै ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६ सय परिवार प्रभावित भएका छन् ।

दुई हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्ण क्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । यी विपद्मा झण्डै ४३ करोड रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको ज्यान गएको र १ सय ६१ जना घाइते भएका छन् । आगलागीका ३ सय ३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका छन् । त्यस्तै २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको ज्यान गएको छ ।

बाढीका २३ वटा घटना भएको र चार जनाको ज्यान गएको तथा एक जना वेपत्ता छन् । देशका विभिन्न ठाउँमा तीन महिनामा १ सय ७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब