सिरहा । सिरहामा आज थप ४ जनामा कोरोना भाइरस फेला परेको छ ।
संक्रमण पुष्टी भएकाहरु लहान नगरपालिकाका द्धारा सञ्चालित पशुपति मा.वि. क्वाराइनटाइनमा रहेका २० वर्षिय लहान वडा नं. १२ का पुरुष, २४ वर्षिय लहान वडा नं. १७ का पुरुष, ३६ वर्षिय लहान वडा नं. १ पुरुष र जे. एस. मुरारका बहुमुखी क्याम्स क्वाराइनटानमा रहेको २० वर्षीय लहान वडा नं. १८ का पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिईएको छ ।
संक्रमित चारै जना भारतबाट आएका हुन् ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १८८ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved