सिरहा । सिरहामा थप २ जनामा कोरोना भाइरस फेला परेको छ ।
संक्रमण पुष्टि भएकाहरु जिल्ला अस्पताल आइसुलेशनका १८ वर्षिय पुरुष १ जना र लहान नगरपालिका क्वारेन्टाइनका ४० बर्षिय पुरुष १ रहेका छन् ।
सिरहा जिल्लामा कुल २८२९ जनाका स्बाव संकलन गरीएका छन् । सर्वजनिक गरिएको रिर्पोट अनुसार १९० जना पोजेटिभ, २२८६ जना निर्गेिटभ, १०४ जनाको रिपोट आउन बाँकी र २४९ जनाका स्बाव डिस्क्वाईलिफाईट रहेको छ ।
हालसम्म संस्थगत क्वारेन्टाइनमा ८१८ जना, होम क्वारेन्टाइनमा ७६५ जना , आईसुलेशनमा ६८ जना र डिस्र्चाज भई घर फर्केका १२२ जना रहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved