‘महाभाारत’ मा आमिर खानले खेल्ने

  • साउन १, २०७७ | ९२६ पटक पढिएको | सीमा संदेश
alt

नयाँदिल्ली,(एजेन्सी) भारतको वलिवुडका सुपरस्टार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिंग सकाएपछि एक हजार करोड भारु बजेटमा बन्न गइरहेको पौराणिक कथामा आधारित चलचित्र ‘ महाभारत’ मा खेल्ने जि-न्युजले जनाएको छ ।

तर यस ऐतिहासिक चलचित्रमा उनले भगवान कृष्ण वा वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिका मध्ये एउटा छान्ने भएका छन् । कौरवमा हस्तिनापुरका पंच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ । यो चलचित्र वलिवुडको इतिहासमै अहिले सममकै सबैभन्दा ठूलो बजेटको हुने बताइएको छ ।

चलचित्र उद्योगका ट्रयाकर रमेश बालाले ट्विट गरेका छन् , ‘यो चलचित्र निर्माण मुल्यका आधारमा हलिवुडका ‘दि लर्ड अफ दि रिंग्स’ वा ‘दि गेम अफ थ्रोन्स’ जस्ता नामुद चलचित्रको कोटीमा पर्नेछ ।

यस अघि यो महाभारत श्रंखला रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो । विश्वको चासो र आकर्षण तान्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय सतरका लेखकहरले लेखने संचार माध्यमले जनाएको छ ।

केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाइृ अन्तर्वार्ता दिने क्रममा आमिर खानले महाभाारतमा आफुलाई मनपर्ने पात्र ‘कर्ण’ को भएको बताएका थिए । तर उनले कृष्णको भुमिका निभाउनु पर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन् ।

उले भनेका छन् , ‘ महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो । तर मलाई थाहा छ यस परियोजनाका लागि मैले जिवनको कमितमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ । मलाइ मनपर्ने पात्र कर्ण हो ।

तर मेरो शारिरीक बनोटका ेकारण त्यो भुमिका निभाउन पाउने कुरामा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ । त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मनपर्छ । उनी कृष्णलाइृ आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन् । ’

आमिरले सिक्रेट सुपरस्टारको प्रमोसनकोबेला यस्ता विचार खोलेका हुन् । ठूलो बजेटको महाभारत बनाउने घोषणा गर्ने वलिवुड उद्योग पहिलो भने होइन । यसअघि नै मलयम चलचित्र उद्योगले एक हजार करोड भारुै महाभारत बनाउने घोषणा गरेको थियो । त्यसमा भने मलायम सुपरस्टार मोहन लाललाई प्रमुख भुमिका दिइने बताइएको छ । मलायम महाभारतको बजेट बाहुबलीको भन्दा पाँच गुणा बढि हुने पत्रकारहरुको भनाई छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब