प्रदेश २ कृषि मन्त्रालयले तिरिदियो सिरहाका २ हजार ५९ किसानको व्याज

  • साउन ६, २०७७ | १,५६१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोभिड १९ को लकडाउन प्रभावित सिरहा जिल्लाका २ हजार ५९ किसानहरुको बैंकको व्याज रकम सोमवार एक कार्यक्रमबीच प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैंक तथा सहकारी संस्थाहरुको खातामा चेक मार्फत तिरिदिएको  छ ।

उक्त रकम विभिन्न सहकारी संस्था तथा बैंकको नाममा चेक हस्तान्तरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिय आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादब र विशिष्ट अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वागत मंतव्यसगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यलय प्रमुख संतोष कुमार सिँहले पहिलो चरणमा सिरहा जिल्लाका १५ हजार ५ किसानको निवेदन परेको र मापदण्ड अनुसार २ हजार ५९ जना किसानलाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा वितरण गरिने बताए ।

कृषि मन्त्री साहले भने,‘ यो पहिलो चरणका किसनाहरुलाई अनुदान दिईएका छन । तर बाँकी रहेका किसानहरुका व्याज अनुदान पनि दिईने छन । त्यसैले हातार नगरी हामी कार्य गदैछौँ । बाँकी किसान पनि अनुदान प्राप्त गरिने छ । सिरहा जिल्लामा पनि कृषि ज्ञान केन्द्र शाखा कार्यलय यसै आर्थिक वर्ष देखि सञ्चालनमा आउने छ । यस वर्षको बजेटबाट किसानलाई सुविधा  हुने कृषि सडक पनि विस्तार गरिने छ । प्रदेश सरकारले विस्तार गरिने कृषि सडकमा सिँचाईका लागि विधुतिकारण पनि सँगै गरिने योजना पनि रहेको बताउनु भयो ।

देशमा संघियता आईएपनि प्रदेश सरकारलाई कार्य गर्न वातावरण मिलन नसकेका कारण कृषि क्षेत्रमा लगानी अनुसार प्रतिफल आउन नसकेको प्रमुख कारण संघीय सरकारको खोकला नीति रहेको आर्थिक मामिला तथा योजना मन्त्री यादबले बताए ।

कोरोना प्रभावित किसानलाई राहत स्वरुप प्रदेश २ का ८० हजार ऋणिलाई व्याज प्रदान गर्ने कार्यक्रम रहेको छ । तर, हाल ३ लाख भन्दा कम ऋण लिएका किसानको खातामा रकम पठाउने क्रम सरकारले जारी राखेको छ । पहिलो चरणमा प्रदेश २ का झण्डै ५० हजार किसानको खातामा चार महिनाको व्याज रकम पठाइने बताए । ३० लाखसम्म ऋण लिएका किसानलाई राहत स्वरुप व्याज दिने र आगामी दिनमा प्रदेशका ८ वटै जिल्लाका कृषकलाई प्रदान गरिने समेत योजना रहेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा आयोजित  कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिको सभापति रामचन्द्र ठाकुरले गर्नु भएको थियो । विशिष्ट अतिथियमा प्रदेश संसद प्रमोद यादब, पशु पंक्षि निर्देशनालय जनकपुरधामको प्रमुख जागेश्वर यादब, राष्ट्यि सहकारी बैँक प्रदेश २ को अध्यक्ष धुव्र यादब, जनता समाजवादी पार्टीका नेताहरु, वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

115795915_612307646327751_6160615340889871991_n

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब