देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

  • साउन ३०, २०७७ | १,००६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । वैशाखमा भारतबाट फर्किने नेपालीहरु बढेसँगै संक्रमण तीव्र गतिमा बढ्यो ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगिन् । स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेको उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । तर वीरगञ्जमा समुदाय स्तरको संक्रमण देखिएसँगै मृतकको संख्या बढ्यो र १४ गतेसम्म मृतकको संख्या बढेर ४९ पुगेको तथ्यांक छ ।

यो संख्या दोब्बर बढी हुन भने जम्मा १६ दिन लाग्यो । साउन ३० गते अपराह्न साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा दिएको जानकारीअनुसार मृतकको संख्या ९९ थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन ।

साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको छ ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब