के आलिया भट्टसँग तर्किन थाले फिल्म निर्माता ?

  • भदौ ९, २०७७ | १,९२५ पटक पढिएको | सीमा संदेश
alt

सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले भरिए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नपोटिजमका शिकार भएका छन् ।ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।

आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक–अर्कालाई राम्रोसँग चिन्छन् र रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ ।

 यतिबेला रियामाथि विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक टु’ को ट्रेलरले युट्युबमा बेस्सरी डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

आलिया भट्ट पनि निशानामा छिन् र उनले पनि सोसल मिडियामा अत्यधिक नकारात्मक टिप्पणीको सामना गर्नुपरिरहेको छ । भारतीय मिडियामा प्रकाशित सामाचार अनुसार उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता–निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।

आमा–बुवामार्फत् बलिउडमा प्रवेश भएका कलाकार र निर्देशकलाई बोयकट गर्ने कुरा लगातार उठिरहेका बेला करोडौं रकम जोखिममा नपार्न निर्माता–निर्देशकले विचार गरिरहेको बताइएको छ ।

आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड रिलिज हुने तयारीमा छ । यसबाहेक सडक टु ओटीटी प्लेटफर्ममा २८ अगस्टमा रिलिज हुनेछ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब