हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

  • असोज १७, २०७७ | ६६० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

 जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो । हैदरावादको जितमा प्रियम गर्गले नटआउट ५१ रन जोडे । यसैगरी डेभिड वार्नरले २८, मनिष पाण्डेले २९ र अभिषेक शर्माले ३१ रन योगदान गरे । जोनी बेयरस्टो शून्य रनमा आउट भए भने केन विलियम्सनले ९ र अब्दुल समादले ८ रन बनाए ।

बलिङतर्फ दीपक चहारले २ विकेट लिए । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा १६५ रनको लक्ष्य पछ्याएको चेन्नाईलाई तेस्रो ओभरमा ठूलो झट्का लाग्यो । भुनवेश्वर कुमारको बलमा शेन वाटसन बोल्ड भए । वाटसनले १ रन मात्र बनाउन सके । यो चोटबाट उठ्ने प्रयास गरेको चेन्नाईका अम्बाती रायडुलाई टि नटराजनले बोल्ड गरेर अर्को एक झट्का दिए । नटराजनले ८ रन मात्रै बनाउन सके ।

त्यसअघि एक रन बटुल्ने कोसिस गर्दा फाफ डु प्लेसिस रन आउट भएका थिए । उनले १९ बलमा चार चौकाको सहयोगमा २२ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका केदार जाधव १० बलमा ३ रन मात्रै बनाएर आउट भए । 

टिमको सम्मानजनक स्कोर बनाउन महेन्द्रसिंह धोनीले नटआउट ४७ रन बनाए । ३६ बल सामना गर्दा उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी रविन्द्र जडेजाले अर्धशतक बनाए । ३५ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । साम कुरान १५ रनमा नटआउट रहे । बलिङतर्फ टी नटराजनले २ विकेट लिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब