१२ कक्षाको परीक्षा सहज रुपमा सम्पन्न भएको भन्दै शिक्षामन्त्री खुसी

  • मंसिर ९, २०७७ | १,०११ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरुको मंगलबार बिहान अनुगमन गर्दै मन्त्री पोखरेलले चुस्त व्यवस्थापनका कारण परीक्षा सहजरुपमा भएको बताएका हुन् ।

विश्व निकेतन मावि केन्द्रको अनुगमनको क्रममा मन्त्री पोख्रेलले भने, ‘परीक्षा कहिले हुने, कसरी हुने भन्ने एक किसिमको अन्यौल र मनोवैज्ञानिक त्रास थियो, अहिलेको चुस्त व्यवस्थापनबाट परीक्षा भयो, विद्यार्थीहरुको उच्च शिक्षाको बाटो खुल्यो, मलाई एकदमै खुसी लागेको छ ।’

विश्व निकेतन माविले आफैं हेल्थ डेस्कको व्यवस्था गरेकोमा पनि उनले प्रशंसा गरेका थिए । ‘मन्त्रीज्यूले तपाईंहरुले राम्रो काम गर्नुभयो, अरु स्कुलहरुमा पनि मैले यहाँको उदाहरण दिएर अझै राम्रोसँग काम गर्न भन्छु भन्नुभएको छ,’ विश्व निकेतन माविका प्रिन्सिपल हिरम्बराज कँडेलले अनलाइनखबरसँग भने ।

स्थानीय तहको सहयोग नपाएपछि आफैंले हेल्थ डेस्कको व्यवस्था गरेको कँडेलले बताए । हेल्थ डेस्कमा खटिएकाले इन्फ्रारेड थर्मोमिटरको सहायताले ज्वरो नापेर मात्रै स्कुलभित्र प्रवेश गराउने उनले बताए ।

यसका साथै धारामा साबुन पानी, सेनिटाइजरको व्यवस्था पनि गरिएको छ । हरेक कक्षा कोठा स्यानिटाइज्ड गरिएको छ । कक्षा कोठामा एउटा बेन्चमा एक जनामात्रै परीक्षालाई बस्ने व्यवस्था मिलाइएको छ ।

विश्व निकेतन माविमा ७ सय विद्यार्थीहरुले परीक्षा दिएका छन् । विश्व निकेतन परीक्षा केन्द्रमा दुई जना बाहिरका विद्यार्थीहरु पनि छन् भने यहाँका १२ जना विद्यार्थीहरुले बाहिरबाट परीक्षा दिएका छन् ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब