सिरहामा ७ जनासहित देशभरमा ४६० जनामा कोरोना सङ्क्रमण, ५ जनाको ज्यान गयो

  • चैत ३१, २०७७ | ६६४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर परीक्षणबाट सिरहामा ७ जनासहित देशभर चार सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामबाट  प्राप्त पि.सि.आर. रिपोटर्स आनुसार कर्जन्हा नगरपालिकाका ४ जना, मिर्चैया नगरपालिकाका २ जना र गोलबजार नगरपालिकाका १ जना गरी जम्मा ७ जनामा कोरोना भाइरस फेला परेको छ । कोरोना संक्रमित १९ देखि २९ वर्षका पुरुषहरु रहेका छन ।

४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप पाँच जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३६ सय आठ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३३ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब