सिरहा । लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको ठहर शिक्षकका पेसागत संस्थाहरुले गरेको छ । शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन–पत्र बुझाएका छन । शिक्षकलाइ राजनितिक प्रतिशोध का कारण सरुवा गरि हतोत्साहित गर्न खोजेको शिक्षकहरुले प्रशासनलाइ बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रशासनद्वारा प्रतिबेदन मांग
शिक्षकको ज्ञापनपत्र बुझ्दै सिरहा प्रशासनले ,सरुवामा के भएको हो ? सो सम्वन्धमा बुझी प्रतिवेदन पेस गर्न शिक्षा विकास तथा समन्वय इकाइ ,सिरहालाइ परिपत्र गरेको हो । लहान नगरपालिकाले पहिलो चरणमा १३ दोस्रो चरणमा ७० तेस्रो चरणमा ५ जना राहत शिक्षक चौथो चरणमा २७ जना र पांचौ चरणमा १७ जना गरि १ सय ३२ जना शिक्षकको सरुवा शिक्षा ऐन बिपरित रहे न रहेको बुझी प्रयिबेदन पेस गर्न परिपत्र गरेको हो ।
आन्दोलनको चेतावनी
कानून बिपरितका शिक्षक सरुवा नसच्याए आफुहरु आन्दोलनमा जाने चेतावनी शिक्षकका नेताहरुले दिएका छन । संयुक्तरूपमा सिरहा प्रशासनलाइ ज्ञापनपत्र बुझाएका नेपाल राष्ट्रिय शिक्षक संगठन लहानकी उपाध्यक्ष मीना कार्की ,नेपाल शिक्षक संघ ,लहानका अध्यक्ष अरविन्द कुमार दास ,एकीकृत अ ने शि संघ लहानका नेपाली साह र संघिय समाजवादी शिक्षक फोरम लहानका उपाध्यक्ष ओमप्रकाश महतोले ७ दिन भित्र शिक्षकको सरुवा बदर न गरे आफुहरु चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved