सिरहा । सिरहामा सोमवार एकैदिन ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । परिक्षणबाट पोजेटिभ देखिएका अधिकांश गोलबजार नगरपालिका स्थानीयवासी, सिरहा नगरपालिका स्थानीयवासी, कल्याणपुर नगरपालिका स्थानीयवासी, जिल्ला अस्पतालको कर्मचारी, प्रभु बैँक शाखा सिरहाको कर्मचारी रहेका छन ।
जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको स्वाब मध्ये ९४ जनाका परिक्षण गर्दा यति धेरै कोरोना संक्रमित फेला परेको जिल्ला अस्पताल सिरहाको पिसिआर ल्याब ईन्र्चाज संजय साहले बताए । कोभिडको दोस्रो लहरपछि सिरहामा यो सहित कुल १ सय २१ जनामा सङ्क्रमण देखिएका छन् । जसमध्ये ९ जना पुरुष र २ जना महिला गरी कुल ११ जना निको भइसकेका छन् । तीमध्ये ७ जना पुरुष र ७ जना महिला अस्पतालको आईसोलेशनमा रहेका छन् । संक्रमितहरु मध्ये ३९ जना पुरुष र १८ जना महिला होम आइसुलेसनमा रहेका छन । सोमवार फेला परेका संक्रमितहरुलाई व्यवस्थापन गर्ने कायो भइरहेको छ ।
त्यस्तै १ जना विराटनगर र अर्को १ जनाको धरानमा उपचार भइरहेको छ । बाँकी होम आईसोलेशनमा रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना गोलबजार नगरपालिकाका रहेका छन् र्। हाल सम्म दोस्रो लहरमा कुल ५ सय ६६ जनाका परिक्षण गरिएको छ । जिल्लामा दोस्रो चरणको खोप लगाएको संख्या कुल ५ हजार ५९ रहेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय र भुमिसुधार कार्यालय सिरहाको कार्यरत १/१ जना कर्मचारीका रिर्पोट पोजेटिभ आएका छन । कर्मचारी पोजेटिभ भएपछि जिल्ला प्रशासन कार्यालय र भुमिसुधार कार्यालयको सेवा अर्को सूचना नआए सम्मका लागि बन्द गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved