एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

  • जेठ ८, २०७८ | १,१४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

कहाँ कति थपिए संक्रमित ?

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब