सिरहाका अधिकांश स्थानीय तहमा आ.व. २०७८/०७९ को सभा सम्पन्

  • असार १०, २०७८ | ७२५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाका अधिकांश स्थानीय तहमा आ.व. २०७८/०७९ को गाउँ । नगर सभा सम्पन भएको छ । स्थानीय संचालन ऐन २०७४ अनुसार असार १० गते गाउँ । नगर सभा गर्नु पर्ने व्यवस्था अनुसार सिरहा जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य मापदण्डलाई विशेष ध्यानमा राखी सभा सम्पन गरेको हो ।

अर्नमा गाउँपालिकाले २०७८/०७९ को आ.व.का लागि गाउँसभाबाट कुल बजेट रु.४१ करोड १५ लाख ८२ हजार सर्वजनिक गरेको छ । जस मध्ये चालु खर्च तर्फ रु. २१ करोड ३३ लाख ९६ हजार र पूँजीगत खर्च तर्फ रु.१९ करोड ८१ लाख ९६ हजार रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिँहले प्रस्तुत गर्नु भयो ।

त्यस्तै गोलबजार नगरपालिकाले आ.व. २०७८/०७९ को नगरसभाबाट कुल बजेट रु. ८१ करोड ५ लाख ७५ हजार ५ सय ५० रुपैया सार्वजनिक गरेको छ । जस मध्ये चालू खर्च तर्फ रु. ४१ करोड २२ लाख ८८ हजार र पूँजीगत खर्च तर्फ रु. ३९ करोड ८२ लाख ८७ हजार ५ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै सुखिपुर नगरपालिकाले “ सुखी नागरीक हाम्रो पहिचान सुखी नगर सुखिपुर नगरपालिकाको अभियान” नाराका साथ आ.व.२०७८/०७९ को कुल बजेट रु.४९ करोड ३३ लाख ६५ हजार सार्वजनिक गरको छ । यस नगरपालिकाले यस वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी बजेट सार्वजनिक गरेको हो ।

त्यस्तै सिरहा नगरपालिकाले आ.व. २०७८/०७९ को नगरसभाबाट कुल बजेट रु. ७९ करोड ४० लाख १८ सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखी नीति तथा कार्याक्रम तयार गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

यसैगरी सिरहाका १७ वटा स्थानीय तहहरु मध्ये अधिकांशले स्थानीय संचालन ऐन बमोजिम समयमा सभा सम्पन गरेको छ ।

198281816_393111032078706_6045367535654578400_n

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब