सिरहा । नवराजपुर गाउँपालिकाले पाँचौँ गाउँसभाबाट आ.व. २०७८/०७९ को कुल रु.३४ करोड ३७ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ । स्थानीय संचालन ऐन २०७४ अनुसार असार १० गते गाउँसभामा पेश गरको बजेट अनुमोदन गराई शुक्रवार सार्वजनिक गरिएको छ ।
आम्दनीको रुपमा प्राप्त गरिएको अनुमानित आयबाट वडास्तरीय कार्यालय संचालन खर्च रु.२५ लाख, वडास्तरीय कार्यालय लक्षित वर्ग कार्याक्रम खर्च रु. ३२ लाख ७५ हजार, वडास्तरीय पूँजिगत खर्च रु.२ करोड ९२ लाख २५ हजार, शसर्त अनुदान चालु खर्च रु.१० करोड ४२ लाख र शसर्त अनुदान पुँजीगत खर्च रु.२ करोेड ४८ लाख विनियोजन गरेको छ ।
त्यसैगरी विषयगत क्षेत्रमा तर्फ शिक्षा क्षेत्रमा रु.४९ लाख ३५ हजार, स्वास्थ्य क्षेत्रमा रु.१९ लाख ८१ हजार, कृषि क्षेत्रमा रु.१० लाख, पशु सेवा कार्यक्रममा रु.५ लाख, गाँपातरीय चालू खर्च रु.६ करोड २३ लाख १० हजार, गाँपास्तरी पूँजीगत खर्च रु.६ करोड ३ लाख ५० हजार, कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कार्यक्रम रु.१० लाख र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम रु.४ करोड ७६ लाख २६ हजारको अनुमानित बजेट विनियोजन गरिएको छ ।

त्यस्तै चालू आ.व. २०७७/०७८ मा कुल रु.३२ करोड ७ लाख ६० हजार ६ सय ७० विनियोजित बजेटबाट हाल सम्म रु १४ करोड ५९ लाख ९७ हजार ८ सय २२ खर्च भएको छ भने रु.१७ करोड ४७ लाख ६२ हजार ८ सय ४७ मौज्दात बाँकी रहेको छ । कुल बजेटको खर्चसँग तुलना गरेर हेर्दा ४५ .५१ प्रतिशत खर्च भएको देखिन्छ ।
आ.व.२०७८/०७९ को बजेटमा गाउँपालिका कार्यालय भवन निर्माण, ढलान सडक निर्माण, कृषि विधुतीकरण, शहरी पूर्वाधारको निर्माण, गाउँ- गाउँमा सडक संजालको निर्माण तथा विस्तार, स्वस्थ्य र दक्ष जनशक्तिको निर्माण, सुरक्षित प्रसुती सेवा, कृषि र पशुपालनको क्षेत्रमा सुधार, पर्यटन पूर्वाधारमा विकास र प्रबद्र्धन र उपयोग, सार्वजनिक जग्गाको संरक्षण, संबद्र्धन र उपयोग, दीर्घकालीन फोहर मैला व्यवस्थापन र वातावरण संरक्षण, बजार अनुगमन र नियमन, लक्षित वर्गको सशक्तिकरण, सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार र गाँउपालिकाको लागी चाहिने आवश्यक ऐन, नियम, कानून र कार्यविधि निर्माण गरीने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियतले बताउनु भयो ।
विनियोजित बजेटबाट गाउँपालिकामा कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुदृढ तथा व्यवस्थित गरी आर्थिक क्रियाकलाप विस्तार गर्ने, उपलब्ध स्रोत साधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने, गाउँबासीमा स्थानीय सरकार भएको अनुभुती दिलाउने, गाउँपालिकाबाट प्रदान गरिने सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्ने, समतामूलक र मृद्ध गाउँको निर्माण गर्ने, दिगो विकासको मर्म अनुरुप भौतिक पूर्वाधारको विकास गर्ने, सुशासन प्रवद्र्धन गर्ने र गाउँबासीमा न्युनतम भौतिक र मानवीय सेवा पुर्याउने जस्ता प्रमुख उदेश्यका साथ नीति तथा कार्याक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष विश्व मोहन यादबले बताउनु भयो ।
सार्वजनिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभा कुमारी यादब, वडा अध्यक्षहरु ईस्क कुमार यादब, मनोज यादब, मदन यादब, खुशीलाल साह लगायत कर्मचारीहरुका उपस्थिति रहेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved