एसईईको नतिजा साउन २५ गते भित्र सार्वजनिक हुने

  • साउन १३, २०७८ | ६८८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। 

यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए।    

सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए।

कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए।

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो।

गत जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषयगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ।

कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा  पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो। रासस

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब