कक्षा १२ को परीक्षा निर्धारित समयमै, हल्लाको पछि नलाग्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

  • साउन १८, २०७८ | १,०४५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौं ।  कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए ।

‘साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’ एडुखबरसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै पौडेलले भने ‘परीक्षाका लागि आवश्यक तयारी जारी छ ।’

कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।

गत वर्ष कोभिडका कारण ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिईएको थियो तर यस पटक सय पूर्णाङ्कमा नै परीक्षा सञ्चालन हुनेछ । कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गर्ने साविकको शैली परिवर्तन गरी होम सेण्टरमा परीक्षा गर्ने निर्णय भएको बोर्डले जनाएको छ । गत जेठ २६ गते तय भएको यस बर्षको परीक्षा कोभिडको दोस्रो लहरको संक्रमणका कारण स्थगित गरिएको थियो ।

परीक्षा सञ्चालन गर्दा हरेक विद्यालयले महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य माण्दण्ड पालना गर्नु पर्ने छ । परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब