अर्थमन्त्रीको ‘दशैँ उपहार’ : कम्तीमा १५–२० हजारले महंगियो मोटरसाइकल

  • असोज ३, २०७८ | ७४१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं  । दशैँ स्किम कुरिरहेका मोटरसाइकल ग्राहकलाई अर्थमन्त्री जनार्दन शर्माले महंगीको उपहार दिएका छन्। सरकारले परिमार्जित बजेटमार्फत तयारी अवस्थाका मोटरसाइकलमा कर बढाएसँगै दशैँ स्किम कुरेर बसेका ग्राहक महंगीमा परेका हुन्। 

सरकारले मोटरसाइकलको वर्गीकरण गर्दै सबैभन्दा धेरै बिक्री हुने १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलमा करवृद्धि गरेको हो। नेपाली दुईपांग्रे अटोबजारमा १२५ देखि १५५ सम्मको बजार हिस्सा एक तिहाइ छ। 

सरकारले १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलको नयाँ वर्गीकरण गरी १० प्रतिशत अन्तःशुल्क र ३ हजार सडक दस्तुर बढाएको छ।

पुरानो व्यवस्थाअनुसार २५० सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अहिले वर्गीकरण नै परिवर्तन गरेको छ। 

हाल सरकारले १२५ सीसीसम्मका बाइकमा ४० प्रतिशत, २ सय सीसीसम्ममा ५० प्रतिशत र २५० सीसीसम्ममा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ। 

५ सय सीसीमाथिका मोटरसाइकलमा ८० प्रतिशतबाट १०० प्रतिशत पुर्याएको छ। 

त्यस्तै सडक दस्तुरतर्फ १२५ सीसीदेखि १५० सीसीसम्ममा १५ हजार लाग्दै आएकोमा १८ हजार पुर्याएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसनका दुईपांग्रे समितिका सभापति अभिक ज्योतिले दशैँको मुखमा कर बढाउँदा अटो बजार बढी प्रभावित हुने बताए। 

‘अधिकांश ग्राहक दशैँको स्किम कुरेर बसेका हुन्छन्। सरकारले यसै बेला कर बढायो’, हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनएमजी)का अध्यक्ष समेत रहेका ज्योतिले नेपालखबरसँग भने, ‘बढी बिक्री हुने बाइकमा कर बढेकाले ग्राहकमा अन्योल देखिएको छ।’

उनले नेपालमै एसेम्बल उद्योग भएकालाई असर नपर्ने देखिए पनि बाहिरबाट १२५ देखि १५० सम्म आयात गर्नेलाई समस्या आएको बताए। 

नेपालमा गोल्छा ग्रुपले बजाजका अधिकांश मोटरसाइकलको एसेम्बल गर्दै आएको छ भने जगदम्बा ग्रुपले पनि गत वर्षबाट अपाचे सिरिजका मोटरसाइकल एसेम्बलिङ सुरु गरिसकेको छ। 

सरकारी नीतिले सबैभन्दा अप्ठ्यारोमा एमएडब्लु ग्रुपको यामाहा र ज्योति ग्रुपकै होन्डालाई पर्ने देखिन्छ। 

‘सबैभन्दा बढी अप्ठ्यारो यामाहा मोटरसाइकललाई पर्ने भएको छ’, रिसिक अटोमोबाइल्सका सञ्चालक तथा यामाहाका डिलर मिलनबाबु मल्लले भने, ‘हाम्रो बढी बिक्री हुने १२५ देखि १५५ सीसीका हुन्। यामाहाको मूल्य १५ देखि २५ हजार रुपैयाँसम्म बढेको छ।’

यामाहाले दशैँलक्षित आकर्षक अफर ल्याएको थियो। यामाहाले अहिले स्टकमा रहेको बाइक रहेकाले तत्काल बढाएको छैन।

‘यामाहाको स्टक रहने बेलासम्म मूल्य बढाउने कम्पनीको नीति रहेको छैन’, नाडा कार्यसमिति सदस्य समेत रहेका मल्लले भने, ‘अब भन्सार पास हुनै सबै मोटरसाइकलको मूल्य बढ्छ।’

एनएमजीका अध्यक्ष ज्योतिले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्नु सरकारको नीति राम्रो भए पनि १५० सीसीसम्मको बाइकमा कर बढाउनु उपयुक्त नभएको बताए। 

‘एसेम्बल उद्योगमा २५ प्रतिशत छुट दिएकोमा ५० प्रतिशत पुर्याउने नीतिको हामीले स्वागत नै गरेका छौँ’, ज्योतिले भने, ‘तर सर्वसाधारणले बढी खरिद गर्ने मोटरसाइकलमै मूल्य बढाउँदा बढी मार पर्यो।’

हिरोको १५० सीसीको एउटा मात्रै बाइक भएकाले कम्पनीको व्यापारमा धेरै असर पर्दैन। हिरोका १२५ सम्मका बढी दुईपांग्रे बिक्री हुन्छन्। गत वर्षबाट एक्सप्लस २ सय बाइकको बिक्री बढेको छ। 

होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले सरकारले कर बढाएकाले मूल्य बढ्ने जानकारी दिएको छ। 

‘सरकारले कर बढाएपछि हामी अहिलेकै मूल्यमा त कसरी बेच्न सक्छौँ र?’, कम्पनीका एक अधिकारी भने, ‘एउटै बाइकमा २० हजार बढी मूल्य बढेको छ।’

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब