केन्द्रियकृत व्यवस्था प्रभावका करण बेरुजु बढदै : प्रमुख प्रशासकीय अधिकृत यादब

  • असोज ८, २०७८ | १,१६९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको गत आ.व.२०७६÷०७७ को असुल उपर गर्नुपर्ने बेरुजु रु.१४ लाख ४५ हजार ४ सय ९६ मात्र रहेको छ ।

लेखापरिक्षण प्रारम्भिक प्रतिवेदन अनुसार देखिएको बेरुजु रु. २१ करोड ५१ लाख ४५ हजार २ सय ७३ मध्ये विद्यालयको अनुदान पेश्की बाँकी रकम रु. १६ करोड ४७ लाख ७७ हजार ५ सय ५४ रहेको छ । यसमा बाँकी रु.४ करोड ८९ लाख २२ हजार २ सय २३ सैद्धान्तीक तथा नीतिगत बेरुजु रहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

प्रमुख यादबले भने, बेरुजु भनेको भ्रष्टाचार होइन् । यो सैद्धान्तीक, नीतिगत तथा विभिन्न कागजातहरु मिलाउन बाँकी दखिएका रकम मात्र हो । स्थानीय तहलाई सरकारले स्वत घोषणा गरेपनि नगर कार्यपालिकाबाट पास गरिएका विभिन्न ऐन, कानूनलाई केन्द्र सरकारले नमानिने कारणले गर्दा यस्ता वेरुजु नीतिगत रुपमा देखिएको छ । केन्द्रकृत व्यवस्था अहिले पनि प्रभवावित गरिरहेको कारण स्थानीय तहहरुमा वेरुजु बढी रहेको छ । यस अवस्थाले अहिले पनि केन्द्रिय शासन व्यवस्था कायम रहेको पुष्टि हुन्छ ।

सिरहा नगरपालिकामा पुरानो बेरुजुहरु रहेकोले यती धेरै रकम देखिएको छ । तर असुल उपर गर्नुपर्ने वेरुजु थोरै छन् । कार्य गर्दै जादाँ समयको अभाव र अन्तिम चरण कार्यका निकाषा दिनु पर्ने बाध्यताका कारण यस्ता अवस्था देखिनु सोभाभीक हुन्छ । बढी विद्यालयहरुका अनुदान भएकोले कार्य सम्पन भएको छ । अब सम्पूर्ण पेश्की फछ्यौउट हुने भएकोले देखिएको बेरुजु नरहने निश्चित छ । सिरहा नगरपालिकामा कुनै पनि वेरुजु रकम नरहने प्रयास हामी सबैका हुने हाम्रा प्रतिवद्धता रहेको प्रमुख यादबले गर्नु भयो ।

कार्य गर्ने शिलशिलामा यस्ता वेरुजु ठुलो कुरो होइन । यस विषयलाई संचार माध्यहरुले भयानक रुपमा प्रस्तुत गरिरहेकोले नगरवासीहरु आफ्नो ठाउँका विकास तथा परिवर्तनमा गम्भिर भईर सोच विचार गरी भ्रमक सामाचारपछि नलाग्न मेयर असेश्वर प्रसाद यादबले नगरवासीहरुसँग अनुरोध पनि गर्नु भयो ।

242214042_544313803528992_781968485421975978_n

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब