सिरहा । चाड पर्व लक्षित गरि शुक्रवार सिरहा सदरमुकामका बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा सिरहाको सिरहादरमुकामको बजार अनुगमन गरिएको हो ।

मुख्य बजारको तिनवटा पसल अनुगमन गरिएको छ । विभिन्न आधारमा किरना पसल र मदिरा पसल अनुगमन गरिएको हो । अनुगमन गर्दो खाद्य वस्तुको डेट समाप्त भएका पाइएको थियो । लगभग रु. ५० हजार भन्द बढीको खाद्य बस्तु नियन्त्रणमा लिई विभिन्न सरोकारवाल प्रतिनिधिहरुका रोहवरमा नष्ट गरिएको घरेलु तथा साना उधोग सिरहाको प्रमुख दिपेन्द्र यादबले जानकारी दिनु भयो ।

खाद्य वस्तु गुणस्तरी हिन भएका पसलहरुलाई पहिलो चोटी लागि विक्री वितरण नगरन गराउन सचेत गरिएको छ । फेरि यस्ता वस्तु पाइयो भने आवश्यक करवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका बजार अनुगमन प्रतिनिधिले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved