चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे सहायक क्याम्पस प्रमुख, लगाइयो सात टाँका

  • पुस ६, २०७८ | ५५२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं, पुस ६ गते । परीक्षामा चिट चोरी गर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

चिट चोरिरहेको फेला पारेपछि विद्यार्थी कुवेर जेठारालाई गार्ड बसेका शिक्षकले परीक्षा हलबाट बाहिर निकालेका थिए ।

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए ।

विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल गरिएको थियो। सोही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन् । पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए।

विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए।

घाइते भएका शिक्षकको मोडल अस्पताल उपचार भइरहेको छ जहाँ उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।

विवादपछि परीक्षा स्थगित गरिएको छ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब