स्थानीय तह निर्वाचनका लागि सुरक्षाको तयारी सुरु

  • पुस १२, २०७८ | ९५१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको आवश्यक तयारीबारे छलफल सुरु गरेको छ । मन्त्रालयले निर्वाचनअघिका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनको विषयमा सरोकार निकायसँग छलफल थालेको हो ।

मन्त्रालयमा सोमबार गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसहित सुरक्षा सरोकारवाला निकायका प्रमुखहरूबीच स्थानीय तहको निर्वाचनको सुरक्षा पूर्वतयारीबारे छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारउनका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत साधनको विषयमा छलफल भएको छ । ‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ कोइरालाले भने ।

बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक वा फरक(फरक मितिमा हुँदा गर्नुपर्ने सुरक्षा तयारीका विषयमासमेत छलफल भएको बताइएको छ । छलफलको क्रममा गृहमन्त्री खाँणले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षा सन्दर्भमा उपयुक्त व्यवस्थापन गर्ने वातावरण मिलाउन निर्देशन दिएका छन् ।

संघीय मामिलामन्त्री श्रेष्ठले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।निर्वाचन आयोगले १२ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने तयारी बढाएको छ भने केही महिनाभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै छलफल अघि बइढाएको छ । तर, सरकारले स्थानीय तहको निर्वाचनबारे कुनै निर्णय गरेको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासीनी, सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला लगायत सहभागी थिए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब