२०२२ मा बलिउड डेब्यु : श्रीदेवीकी छोरीदेखि सैफ अलीका छोरासम्म

  • पुस १४, २०७८ | ७९६ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । वर्ष २०२२ लाग्न अब केही दिन मात्र बाँकी छ । २०२१ बिदा हुँदै गर्दा बलिउडमा पुरानो वर्षको समीक्षा र नयाँ वर्षको अनुमान सुरु भएको छ । यस्तैमा हरेक वर्ष झैँ २०२२ मा पनि केही नयाँ अनुहार फिल्ममा देखिने अनुमान गरिएको छ । तीमध्ये केही स्टारकिड्स रहेका छन् भने केही बाहिरका व्यक्ति हुन् । नयाँ वर्षमा फिल्मी पर्दामा देखिन सक्ने यी नयाँ अनुहार यस्ता छन्

शनाया कपुर :

अभिनेता संजय कपुरकी छोरी शनाया करण जौहरको आगामी  फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । करणले २०२० मा उनलाई धर्मा प्रोडक्सनको एउटा नाम नखुलाइएको फिल्मका लागि लिएका थिए । उनी केही वर्षदेखि बलिउड डेब्युको तयारीमा जुटेकी छन् । २१ वर्षकी शनायाले नृत्य र अभिनयको कक्षासमेत लिएकी छन् ।


खुशी कपुरः

श्रीदेवीकी कान्छी छोरी खुशी पनि करण जौहरको प्रोडक्सनमा बन्ने कुनै फिल्मबाट डेब्यु गर्न सक्छिन् । उनी अहिले भने अमेरिकाको एक स्कुलमा अभिनय र फिल्म निर्माण पढ्दैछिन्

 

इब्राहिम अली खान :

अभिनेता सैफ अली खानका छोरा इब्राहिम पनि सन् २०२२ मा अभिनेताको रुपमा देखिन सक्छन् । अहिले भने उनी करण जौहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा सहनिर्देशकको रुपमा काम गर्दैछन् ।

मानुषी छिल्लर :

मिस वल्र्ड २०१७ की विजेता मानुषी फिल्म ‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको अपोजिट भुमिकामा अक्षय कुमार हुनेछन् । फिल्म जनवरी सन् २०२२ मा रिलिज हुनेछ ।

यशवर्धन आहूजा :

अभिनेता गोविन्दाका छोरा यशवर्धनले पनि सन् २०२२ मा बलिउडमा  डेब्यु गर्नसक्ने अनुमान छ । आमा सुनिताले उनी छिट्टै फिल्ममा डेब्यु गर्ने बताएकी छिन् ।

क्यारी मिनाटी :

भारतीय चर्चित युट्युबर क्यारी मिनाटी पनि बलिउड डेब्युका लागि तयार छन् । उनी अमिताभ बच्चन र अजय देवगन सँग रनवे ३६ मा देखिनेछन् ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब