शैक्षिक क्षेत्र दिगो विकासका लागि दिर्घकालिन योजना बनाउन जरुरी छ : मेयर यादब

  • पुस १५, २०७८ | ६५३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । दिगो विकासका लागि दिर्घकालिन शैक्षिक योजना बनाउन जरुरी रहेको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युनेस्कोका निमित नेपाल राष्ट्यि आयोगको सचिवालय सिंहदरवार, काठमाडौँको आयोजनामा दुई दिने दिगो विकासका लागि शिक्षा सम्बन्धी क्रियाकलापको प्रवर्धन कार्यक्रममा बोल्ने क्रममा शिक्षाको दिर्घलिन योजनामा जोड दिनु पर्ने बताउनु भयो ।

दिर्घकालिन शैक्षिक योजनाका लागि सिरहा नगरपालिका विभिन्न विद्यालयहरुका समस्या पहिचान गरिरहेको र शैक्षिक सुधार सहितको योजना दिर्घकालिन रुपमै ल्याउने मेयर यादबले बताउनु भयो ।

नगर शिक्षा योजना कार्यविधि सिरहा नगरपालिकाले बनाई सकेकोले शैक्षिक क्षेत्रमा विशेष सुधार हुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । नगर शिक्षा योजनामा शैक्षिक क्षेत्रका शैक्षिक, भौतिक र प्रशासनिक सुधार हुने योजनाहरु लिईएको छ । प्रस्तावित नगर शिक्षा योजना पास भएसागै शैक्षिक क्रियाकलापमा गुणत्मक प्रभावकारिता देखिने छ ।

नगरवासीहरुका चहना अनुसारका शैक्षिक क्षेत्र सुधारका लागि नगरपालिकाले योजना बनाई सकेकोले सफल कार्यन्वयनका लागि सबैको साथ तथा सहकार्य जरुरी छन् । यसका लागि आफ्ना नजिकको विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति तथा अभिभावक समितिहरु गठन गरी शैक्षिक सुधारमा केन्द्रित हुन जरुरी रहेको प्रशासकीय प्रमुख यादबले बताए । 

सिरहा नगरपालिकाको प्रस्तावित नगर शिक्षा योजना कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक क्षेत्रको विकासका लागि प्रभावकारी कदम भएको शिक्षा शाखा स्रोत व्यक्ति काश्रिन्द्र यादबले बताउनु भयो । विज्ञहरुसाँगका विशेष छलफल तथा सुझावबाट तयार गरिएको यस योजनाबाट नगरपालिकाको शैक्षिक क्षेत्रमा सर्वग्ङिक विकास हुने विश्वास रहेको छ । 

नगरपालिका भित्रका विद्यालयहरुका पृष्ठ पोषण र शैक्षिक सुधारका लागि यही पौष १९ गते देखि विज्ञ समूहले विद्यालय अनुगमन कार्य सुरु गर्ने छ । अनुगमनबाट देखिने शैक्षिक समस्याहरुलाई योजनावद्ध तरिकाबाट समाधान गर्ने तयारी पनि नगरपालिकाको रहेको स्रोत व्यक्ति यादबले बताउनु भयो ।

हाल सिरहा नगरपालिका भित्र ५२ वटा सामुदायिक, ४८ वटा संस्थागत, १५ वटा धार्मिक, ५ वटा समुदायिक शिक्षा केन्द्र गरी कुल १ सय २० वटा विद्यालय रहेको छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब