चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितिको बैठक

  • माघ ७, २०७८ | ७५२ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौ  । वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा छ ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आजसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा छ । 

पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बोलाइएको छ ।पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकाको चुनाव सारेर पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । तर सत्तारुढ दल र कांग्रेसभित्रै यस विषयमा सहमति जुटेको छैन ।

सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ । वैशाखमा सङ्घीय संसद्को चुनावमा जाँदा प्रतिनिधि सभा विघटन गर्नुपर्ने र यो फेरि अदालती विषय बन्न सक्ने भएकाले गठबन्धनका नेताहरुले निर्णय गर्न सकेका छैनन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा सङ्घीय चुनाव गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि बसेको समन्वय समितिको बैठकमा राख्नुभएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको चुनाव एकैपटक गर्दा उपयुक्त हुने बताउनुभएको थियो । 

वैशाखमा सङ्घीय चुनाव गर्नु उपयुक्त हुने नेता नेपालको पनि धारणा छ । तर वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव पछि धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा के गर्ने भन्ने निर्णयमा पुग्नुभएको छैन ।संविधानविद्हरुले पनि पालिकाको चुनाव पर धकेल्नु संविधानको मर्म विपरीत हुने बताउँदै आएका छन् ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब