भोजपुरी इन्ड्रष्टिजसमा मानवता मरेको खेसारीलाल यादवको गुनासो

  • माघ ८, २०७८ | ४८० पटक पढिएको | सीमा संदेश
alt

भारतीय भोजपुरी कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् ।

माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित भीडले ४ वटा गाडीमा आगजनी गर्दै स्टेजमा तोडफोड गरेको थियो । यादव विराटनगरबाट फर्किएका थिए ।

भावुक हुँदै फेसबुक लाइभमा बोलेका यादवले भोजपुरी फिल्म उद्योगमा मानवता मरेको बताए । ‘व्यवसायमा हरेक आद्मीको प्रतिस्पर्धा हुन्छ, म सम्झन्छु यी कुरा’ उनले भनेका छन् ,’तर मलाई थाहा थिएन् भोजपुरी इन्ड्रष्टिजमा मानवता मरिसकेछ ।’

चारवटा गाडी जलाउँदा आफूलाई भोजपुरी फिल्म उद्योगबाट कसैको फोन कल नआएको उनले गुनासो गरे । प्रशासनले रोकेको कार्यक्रमका बारेमा आयोजकले आफूलाई जानकारी नगरेको बताउँदै उनले आफूले ठूलो क्षति भोग्नु परेको बताए ।

‘चार गाडी जल्यो, स्टेजमा तोडफोड भयो, मलाई धेरै कष्ट भयो’ उनले भने,’ इन्ड्रष्टिजसका दुई जना बाहेक अन्य कसैको फोन आएन्, न त कसैले घटनाका बारेमा प्रतिक्रिया दिए ।’

दुःखमा मजा नलिन आग्रह गर्दै उनले आफूसँगको व्यक्तिगत दुष्मनी निकालिरहेको गुनासो गरे । आफ्नो गल्ती नभएको बताउँदै उनले ज्यान जोगाएर फर्किएको बताए । जनता र प्रशासनको दोष नभएको बताउँदै उनले पून आयोजकले बदमासी गरेको बताए ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब