निर्वाचन आयोगले राप्रपालाई भन्यो- विद्यानबाट हिन्दु राष्ट्र र गाई चिह्न हटाउ

  • माघ ९, २०७८ | ६८६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको छ ।

राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । अयोगले भने नेपालको संविधानको धारा दुई सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन आग्रह गरेको छ ।

यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रंग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएको वर्ष नै निर्णय भएको भनदै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आग्रह गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्र अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । अध्यक्ष लिङ्देनले आयोगले भन्दैमा आफूहरुले सनातन हिन्दु राज्य र गाई चिह्न नहटाउने जिकिर समेत गरेका हुन् ।

यसैबीच, निर्वाचन आयोगको निर्देशनप्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाए । ट्वीटमार्फत थापाले आयोगको निर्णय संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको दाबी गरेका छन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब