स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

  • माघ १०, २०७८ | ५५२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् । सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी -सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । आज हाम्रो सामु स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य छ । हाम्रो सामु स्वतन्त्रताको सयौं वर्षभन्दा अगाडि नयाँ भारत निर्माणको लक्ष्य छ ।’ सुभाषचन्द्र बोसको ‘गर्न सकिन्छ, गर्छौं’ भन्ने भावनाबाट प्रेरणा लिएर अघि बढ्न पनि सबैलाई अपिल गरे ।

इण्डिया गेटमा हाल डिजिटल होलोग्रामको रुपमा सुभाषचन्द्र बोसको प्रतिमा अनावरण गरिएको र केही दिनपछि ग्रेनाइटको प्रतिमा राखिने मोदीले बताएका छन् ।

सुभाषचन्द्र बोस भारत स्वतन्त्रता संग्रामको अग्रणी नेता हुन् । उनले भन्ने गरेको ‘जय हिन्द’को नारा भारतको राष्ट्रिय नारा बनेको छ ।

द्वितीय विश्वयुद्धको क्रममा अंग्रेजविरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । ‘तिमी मलाई रगत देऊ, म स्वतन्त्रता दिन्छु’ भन्ने उनको नारा पनि अत्यधिक चर्चित थियो । सुभाषचन्द्र बोसलाई भारतवासीले ‘नेता जी’ उपनामले सम्बोधन गर्दछन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब